site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
विश्वकप विजेताले कति पुरस्कार पाउँछन् ?  खेलाडी बिमा १३४ मिलियन
Sarbottam CementSarbottam Cement

एजेन्सी । २१औं संस्करणको फिफा विश्वकप फुटबलको उपाधि छिनोफानो यही असार ३१ गते आइतबार लाग्दैछ । उपाधि भिडन्तमा क्रोएसिया र फ्रान्स रहेका छन् । 

विश्वकपको ट्रफीबाट एक कदम पछि रहेको फ्रान्स दोस्रो पटक विश्वकप फुटबलको उपाधि उचाल्ने दाउमा छ । यता, विश्वकपको फाइनलमा पहिलो पटक पुगेको क्रोएसिया आफ्नो फुटबल इतिहासमा स्वर्णिम काल बनाउन आतुर छ । 

Prabhu Bank
Agni Group
NIC Asia

विश्वपकको उपाधि उचाल्ने राष्ट्रले ट्रफीसहित मोटो नगद पुरस्कार हात पार्नेछ । यद्यपी ट्रफी नउचाल्ने टिमले पनि रित्तो हात भने फर्किनु पर्नेेछैन । विश्वकप विजेताले १८ क्यारेट सुनको ट्रफीसँगै ३८ मिलियन अमेरिकी डलर हात पार्नेछ । सन् २०१४ को ब्राजिल विश्वकपको विजेताले ३५ मिलियन डलर प्राप्त गरेको थियो । 

दोस्रो हुने टिमले २८ मिलियन अमेरिकी डलर हात पार्नेछ । ब्राजिल विश्वकपमा दोस्रो हुने टिमलाई फिफाले २५ मिलियन डलर प्रदान गरेको थियो । तेस्रो हुने टिमले २४ मिलियन डलर हात पर्दा चौथो स्थानमा चित्त बुझाउने टोलीले २२ मिलियन अमेरिकी डलर पाउनेछ । 

Global Ime bank

विश्वकपको क्वार्टरफाइनलमा पुग्ने ८ वटा देशलाई पनि फिफाले पुरस्कार दिन्छ । अन्तिम ८ मा पुग्नेले प्रतिटोली १६ मिलियन डलर पाउँछन् । यस्तै, राउन्ड १६ मा पुग्ने टिमलाई पनि फिफाले पुरस्कार प्रदान गर्छ । उत्कृष्ट १६ ले प्रतिटिम १२ मिलियन डलर प्राप्त गर्छन् । विश्वकपमा समूह चरणमा खेल्ने टिमलाई पनि फिफाले रित्तो हात घर फर्काउँदैन । समूह चरणबाटै घर फर्किने टिमले पनि ८ मिलियन डलर हात पार्छन् । 

फिफाले ४ सय मिलियन डलर पुरस्कारमा मात्रै खर्चिँदैछ । ब्राजिल विश्वकपमा ३५८ मिलियन डलर पुरस्कारमा खर्च भएको थियो ।  विश्वकप खेल्ने प्रत्येक टिमलाई खेलको तयारीका लागि १.५ मिलियन डलर दिइन्छ । त्यस्तै, विश्वकप खेल्ने हरेक खेलाडीको १३४ मिलियन डलरबराबरको बिमा गरिएको हुन्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २९, २०७५  ०५:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC