site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
आइसिटी अवार्डमा एकसय बढिको नोमिनेशन, छनोट प्रक्रिया सुरु
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रविधिमा अग्रजलाइ सम्मान र नयाँलाई प्रोत्साहनको अवसरको रुपमा सुरु भएको तेस्रो संस्करणको आइसिटी अवार्ड २०१८ मा विभिन्न ७ विधामा सयभन्दा बढिको अनलाइन आवेदन आएको छ । अवार्डको लागि असार १ देखि १९ गतेसम्म खुल्ला गरेको अनलाइन आवेदनमा अहिलेसम्मकै सबैभन्दा बढि आवेदन आएको आयोजकले जानकारी दिएको छ । 

विभिन्न ७ विधामा भइरहेको आइसिटी अवार्डमा सबैभन्दा धेरै स्टार्टअप कम्पनी अवार्ड र प्रडक्ट अवार्डमा नोमिनेशन दर्ता भएको छ । यि दुई अवार्डमा ५० भन्दा बढिको अनलाइन आवेदन आएको अवार्डका संयोजक तुषार न्यौपानेले जानकारी दिएका छन । यसैगरी आइसिटी पायोनियर अवार्ड, नेपाली डायस्परा अवार्ड, आन्टरप्रेनर्स अवार्ड, डिजिटल गर्भनेन्स र आइसिटी मिडिया अवार्डमा पनि उत्साहजनक सहभागिता रहेको उनले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

अनलाइनमा विस्तृत विवरणसहित आएका अवेदन तथा डकुमेन्टको आधारमा उत्कृष्ट छान्ने प्रकृया सुरु भएको जुरी समुहका संयोजक हेमपाल श्रेष्ठले जानकारी दिए । छनोट समुहमा विभिन्न क्षेत्रबाट आइटीका १० जना विज्ञहरुको सहभागिता रहेको छ । यसैगरी छनोट समितिको संयोजकमा पुर्वमन्त्री गणेश शाह सहित दुरसञ्चार प्राधिकरणका बरिष्ठ निर्देशक आनन्दराज खनाल, पुलचोक इन्जिनियरिङ अध्ययनका प्रा.डा शुवर्ण शाक्य, काठमाण्डौ विश्वविद्यालयका एचओडी प्रा.डा. मनिष पोखरेल, प्रधानमन्त्रीका आइटी सल्लाहकार अश्गर अलि लगायतको सहभागिता रहेको छ । 

आवेदनमा आएको विवरण तथा अन्य डकुमेन्ट तथा प्रोफाइलहरु अध्ययन गरिरहेको र केहि दिनपछि छनोटमा परेका सूची सार्वजनिक गरिने भएको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २९, २०७५  ०७:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC