site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
क्रोएसियाले विश्वकप जिते, विश्वकप जित्ने दोस्रो सानो राष्ट्र बन्ने
Ghorahi CementGhorahi Cement

एजेन्सी । आज राति रसियामा हुनलागेको विश्वकप फुटबलको फाइनलमा फ्रान्ससँग भिड्नलागेको क्रोएसियाले विश्वकप जिते दोस्रो सानो राष्ट्र बन्ने भएको छ ।

क्रेएसियामा अहिले ४१ लाख जनसंख्या रहेको छ । कम जनसंख्या भएको मुलुक भएकाले क्रोएसियाले रसियामा अर्को इतिहास पनि रच्नेछ, विश्वकप फुटबलको उपाधि उचाल्न सकेको खण्डमा ।

Agni Group

यसअघि सन् १९५० को विश्वकप ट्रफी उचालेको उरुग्वेको जनसंख्या  २२ लाखको हाराहारीमा थियो ।

रसियामा क्रोएसियाजस्तो कम जनसंख्या भएका देशले विश्वकप खेल्न धेरै महान खेलाडी जन्माउन कसरी सम्भव भयो भन्ने लाग्न सक्छ । राज्यले गरेको खेलमाथिको लगानी र खेल्ने वातावरण दिन सक्नु र खेलाडीको मेहनत रहेको छ मुख्य कारक हो ।

Global Ime bank

क्रोएसियाका पहिलो राष्ट्रपति फ्रान्जो टुज्म्यानले खेलाडीलाई राष्ट्रको उत्कृष्ट दुतका रूपमा टिप्पणी गरेपछि खेल राष्ट्रिय पहिचानका रुपमा आएको थियो ।

त्यसको केही दशकमै क्रोएसिया सन् १९९८ फ्रान्सले आयोजना गरेको विश्वकपको सेमिफाइनल पुगेपछि देशमा फुटबल पहिचानकै रूपमा विकास भयो ।

सेमिफाइनल खेलेको ठिक २० वर्षपछि क्रोएसियाले रसिया विश्वकपबाट आफुलाई विश्वको केन्द्रमा राख्दै विश्वकपको फाइनलका लागि फ्रान्ससँग आज भिड्दैछ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३१, २०७५  १८:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC