site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
विश्वकपको उपाधिका लागि क्रोएसिया र फ्रान्सबीचको खेल सुरु
Sarbottam CementSarbottam Cement

एजेन्सी । विश्वकप फुटबलको उपाधिका लागि क्रोएसिया र फ्रान्सबीचको खेल सुरु भएको छ । रसियाको राजधानी मस्कोस्थित लुज्हनिकी रंगशालामा सुरु भएको फाइनल खेलमा दुबै टिम २१ औं संस्करणको विश्वकपको उपाधि उचाल्ने लक्ष्यमा छन् ।

यो पटकको विश्वकपको उपाधि दौडमा क्रोएसिया नयाँ टिम हो भने फ्रान्स एक पटकको विश्वकप विजेता टिम हो । फ्रान्सलाई पराजित गर्दै इतिहास रच्ने दाउँमा क्रोएसिया रहेका छन् । यता, फ्रान्स भने क्रोएसियालाई पराजित गर्दै दोस्रो पटक विश्वकप फुटबलको उपाधि उचाल्ने लक्ष्यमा छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ गोलले पराजित गर्दै क्रोएसियाले विश्वकप फुटबलको फाइनलमा पहिलो पटक पाइला टेकेको थियो । विश्वकप फुटबलको उपाधि क्रोएसियाले जितेमा आफ्नो फुटबल इतिहासमा ऐतिहासिक सफलता हात पार्ने छ । अहिलेसम्म क्रोएसियाले विश्वकप फुटबलमा फाइनलसम्मको यात्रा तय गर्न सकेको थिएन ।

सन् १९९८ मा भएको विश्वकप फुटबलमा क्रोएसिया सेमिफाइनलसम्म पुगेको थियो भने सेमिफाइनलमा फ्रान्ससँग २–१ गोलले पराजित हुदै उपाधि दौडबाट बाहिरिएको थियो । पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएसियाको लागि यो सबैभन्दा ठूलो उपलब्धी हो ।

Global Ime bank

यता, फ्रान्सले भने सेमिफाइनलमा बेल्जियमलाई १–० गोलले पराजित गर्दै १२ वर्षपछि फाइनलमा स्थान बनाएको थियो ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३१, २०७५  २०:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC