site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
क्रोएसियाविरुद्ध फ्रान्स पहिलो हाफसम्म २–१ गोलले अघि
Sarbottam CementSarbottam Cement

एजेन्सी । विश्वकप फुटबलको फाइनलमा क्रोएसियाविरुद्ध फ्रान्सले पहिलो हाफसम्म २–१ गोलको अग्रता बनाएको छ । पेनाल्टीबाट गोल गर्दै फ्रान्सले अग्रता बनाएको हो ।

खेलको ३८ औं मिनेटमा क्रोएसियाका खेलाडीले आफ्नो डिबक्सभित्र फल गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो । पेनाल्टीको सदुपयोग गर्दै फ्रान्सका एन्टोइनी ग्रिजम्यानले गोल गरे । यसअघि क्रोएसियाका इभान पेरिसिकले गोल गर्दै १–१ गोलको बराबरीमा पुर्याएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

१–० गोलले पछि परेको अवस्थामा क्रोएसियाले खेलको २८औं मिनेटमा गोल गर्दै बराबरी बनाएको थियो । क्रोएसियाका लागि पेरिसिकले उत्कृष्ट गोल गरे । यसअघि क्रोएसियाले आत्मघाती गोल गरेपछि फ्रान्सले अग्रता बनाएको थियो । 

खेलको १८औं मिनेटमा क्रोएसियाका मारियो मान्डजुकिकले बचाउने हुदा आत्मघाती गोल गर्न पुगेका थिए । फ्रान्सका एन्टोइनी ग्रिजम्यानले प्रहार गरेको फ्रिकिक बचाउने हुदा उनले आफ्नै पोष्टमा गोल गर्न पुगेका थिए ।

Global Ime bank

क्रोएसियाले एकपछि अर्को गोल गर्ने अवसर खेर फालेको छ । बल पोजिसन आफ्नो पकडमा राखे पनि फ्रान्सविरुद्ध क्रोएसिया पहिलो हाफसम्म २–१ गोलले पछि रहेको छ ।
रसियाको राजधानी मस्कोस्थित लुज्हनिकी रंगशालामा सुरु भएको फाइनल खेलमा दुबै टिम २१ औं संस्करणको विश्वकपको उपाधि उचाल्ने लक्ष्यमा छन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३१, २०७५  २१:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC