site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
फ्रान्स  ४–२ गोलले अघि, दबाबमा क्रोएसिया
Sarbottam CementSarbottam Cement

एजेन्सी । विश्वकप फुटबलको फाइनलमा क्रोएसियाले फ्रान्सविरुद्ध ४–२ गोलको स्थितिमा पुर्याएको छ । खेलको ६९औं मिनेटमा मारियो मान्डजुकिकले गोल गर्दै क्रोएसियालाई ४–२ गोलको स्थितिमा पुर्याएका हुन् । 

फ्रान्सका किपरको गल्तिको फाइदा उठाउँदै मारियोले गोल गरेका हुन् । फ्रान्सका लागि किलियन एम्बाप्पेले खेलको ६५औं मिनेटमा गोल गर्दै ४–१ गोलको अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ५९औं मिनेटमा पोग्बाले गोल गर्दै फ्रान्सलाई ३–१ गोलको अग्रता दिलाएका थिए । पोग्बाले प्रहार गरेको बल क्रोएसियाका खेलाडीले रोकेका थिए । दोस्रो पटक प्रहार गरेको बल गोलमा परिणत भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि पहिलो हाफमा फ्रान्सले २–१ गोलको अग्रता बनाएको थियो । खेलको ३८ औं मिनेटमा क्रोएसियाका खेलाडीले आफ्नो डिबक्सभित्र फल गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो । पेनाल्टीको सदुपयोग गर्दै फ्रान्सका एन्टोइनी ग्रिजम्यानले गोल गरेका थिए । यसअघि क्रोएसियाका इभान पेरिसिकले गोल गर्दै १–१ गोलको बराबरीमा पुर्याएका थिए । 

१–० गोलले पछि परेको अवस्थामा क्रोएसियाले खेलको २८औं मिनेटमा गोल गर्दै बराबरी बनाएको थियो । क्रोएसियाका लागि पेरिसिकले उत्कृष्ट गोल गरे । यसअघि क्रोएसियाले आत्मघाती गोल गरेपछि फ्रान्सले अग्रता बनाएको थियो । 

Global Ime bank

खेलको १८औं मिनेटमा क्रोएसियाका मारियो मान्डजुकिकले बचाउने हुदा आत्मघाती गोल गर्न पुगेका थिए । फ्रान्सका एन्टोइनी ग्रिजम्यानले प्रहार गरेको फ्रिकिक बचाउने हुदा उनले आफ्नै पोष्टमा गोल गर्न पुगेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३१, २०७५  २२:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC