site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
पाकिस्तानका पूर्वप्रधानमन्ज्त्री नवाज र छोरी मरियमलाई कारागारमा के–के सुविधा छ ?
Sarbottam CementSarbottam Cement

बीबीसी । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफ र उनकी छोरी मरियम नवाजलाई लण्डनबाट स्वदेश फर्किने क्रममा एयरपोर्टबाट गिरफ्तार गरेर रावलपिण्डीको अडियाला जेलमा राखिएको छ । नवाज शरीफलाई अदालतले १० वर्ष र मरियम नवाजलाई सात वर्ष कैद सजाय सुनाएको छ । 

जेल जानु अघि के भयो ?
 

जेल अधिकारीहरुका अनुसार नवाज शरीफ र उनकी छोरीलाई जेल चलाउन गर्नुअघि दुबै जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थय परीक्षणपछि बाबु–छोरीलाई छुट्टाछुट्टै ब्यारेकमा राखिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

अडियाला जेल अधिकारी स्रोतलाई उद्धृत गर्दै बीबीसीले दुबै जनाले अडियाला जेलमा कैदीहरुले लगाउने लुगा नै लगाउनु पर्नेछ । स्रोतका अनुसार अडियाला जेलमा जेल अधिकारीसँगै सुरक्षा निकायको भारी मात्रामा उपस्थिति रहेको छ । 

जेल कानून अनुरुप अदालतले सजाय सुनाएका कैदीहरुबाट जेल प्रशासनले दैनिक रुपमा कुनै न कुनै काम गराउने गर्दछ । जसमा बागवानीको काम, अन्य कैदीबन्दीलाई पढाउने काम, भान्साघरको सरसफाई, अन्य कैदीको कपाल–दाह्री काट्ने लगायतका कमहरु पर्दछ । कैदीहरुलाई काममा लगाउने जिम्मेवारी जेलका डिपुटी सुपरिटेन्डेन्टलाई सुम्पिएका हुन्छ । 

Global Ime bank

अधिकारीहरुका अनुसार कुनै कैदीले सप्ताहभर सातै दिन काम गरेको अवस्थामा जेल अधिकारी उसको कामप्रति सन्तुष्ट भए, एक महिनापछि ती कैदीको सजायमा पाँचदेखि आठ दिनसम्म कटौती हुने गर्दछ । 

कैदीहरुको श्रेणी कसरी निर्धारण हुन्छ ?

जेल कानूनका अनुसार नवाज शरीफलाई पूर्व प्रधानमन्त्री भएका कारण ‘ए’ श्रेणी र उनकी छोरी मरियम नवाजलाई ‘बी’ श्रेणी दिइनेछ । पाकिस्तानको सबैभन्दा ठूलो ४२ जेलमध्ये केवल दुई वटा जेलमा कैदीहरुका लागि ‘ए’ श्रेणीको सुविधा उपलब्ध गराइन्छ । ती दुई जेलमा बहावलपुर र रावलपिण्डीको अडियाला जेल समावेश छन् । 

जेलमा कैदीहरुलाई तीन श्रेणीमा बिभाजित गरिन्छ । हत्या, चोरी, डकैती, लडाई–झगडा र सामान्य प्रकृतिका मुद्दामा दोषी ठहर गरिएका कैदीलाई ‘सी’ श्रेणीमा राखिन्छ । लडाई–झगडाको मुद्दामा दोषी ठहर तर घरपरिवारको हैसियत उच्च रहेका कैदीहरुलाई ‘बी’ श्रेणीमा राखिन्छ । त्यस्तै ग्रेजुएशन पास कैदी पनि ‘बी’ श्रेणीका लागि योग्य मानिन्छन् । जेल प्रशासनका अनुसार ‘ए’ श्रेणीमा उच्च सरकारी अधिकारी, पूर्व संघीय मन्त्री र बढी कर भुक्तानी गर्ने कैदीहरुलाई राखिने गरिएको छ । 

‘ए’ श्रेणीका कैदीहरुलाई कस्तो सुविधा हुन्छ ? 
पाकिस्तानको जेल कानून अनुसार ‘ए’ श्रेणीका कैदीलाई बस्नका लागि दुई कोठा भएको छुट्टै ब्यारेक दिइन्छ भने ब्यारेकमा बेड, एयरकण्डिशनर, फ्रिज र टीभीका साथै भान्साघरको पनि सुविधा रहेको हुन्छ । ‘ए’ श्रेणीका कैदीले आफूलाई मन परेको खानेकुरा पकाएर आने पनि अनुमति दिइएको हुन्छ भने उनलाई सघाउन जवेल प्रशासनले दुई जना कैदीलाई कामदारका रुपमा समेत खटाएको हुन्छ 

यस्तो सुविधा पाएको कैदीले ती दुई कामदार कैदीलाई आफूसँगै राख्न पनि सक्छन् अथवा काम सकिए पछि अर्को दिन फेरी आउने गरी उनीहरुकै ब्यारेकमा ठाउन पनि सक्छ ।  जेल कानून अनुसार ‘बी’ श्रेणीका कैदीलाई एउटा छुट्टै कोठा र एक जना काम गर्ने कैदी दिइएको हुन्छ । जेल सुपरिटेन्डेन्टले चाहे ‘बी’ श्रेणीका कैदीका लागि थप कामदार पनि खटाउन सक्छ । 
https://www.bbc.com/hindi/international-44836251

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १, २०७५  ०५:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC