site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
डा. केसीको अवस्था नाजुक, काठमाडौं आउन पहिले विधेयक फिर्ता लिनुपर्ने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । १८ दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । शनिबारदेखि नै उनको मुटुको चालमा उतारचढाव देखिएको छ । उनको मुटुको चाल निकै बढेकाले स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

डा. केसीको घाँटीमा पनि संक्रमण देखिएको छ । नशाको संक्रमणका कारण उनको हात पनि सुन्निएको छ । चिकित्सा शिक्षा सुधारको माग गर्दै १८ दिनदेखि अनशनमा बसेका केसीसँग सरकारले वार्ताका १७ दिनपछिमात्रै पहल सुरु गरेको छ ।
शिक्षा मन्त्रालयका सचिव खगराज बरालको नेतृत्वमा सरकारले वार्ता समिति बनाएको छ भने डा. केसीका पक्षबाट पहिले नै वार्ता समिति बनाइएको थियो । सोमबार रातिसम्म सिंहदरबारमा भएको वार्तामा दुवै पक्षले आ–आफ्ना विषय अघि सारेका थिए ।
सरकारी पक्षले पहिले केसीलाई काठमाडौं ल्याउनुपर्ने र उपचार गराउनुपर्ने बताएको थियो भने केसी पक्षले पहिले विधेयक फिर्ता हुनुपर्ने अडान राखेका थिए ।

“डा. केसीले विधेयक फिर्ता नभएसम्म काठमाडौं नआउने र उपचार पनि नगराउने भन्नुभएको छ,” वार्तामा सहभागी कानुनविद् ओमप्रकाश अर्यालले बाह्रखरीसँग कुरा गर्दै भने, “विधेयक सदनमा पुगिसकेको अवस्थामा सचिवज्युले मन्त्रीमार्फत प्रधानमन्त्रीसँग छलफल गरेर आज फेरि वार्तामा बस्दैछौं ।”

Prabhu Bank
Agni Group
NIC Asia

संसद्मा प्रवेश गरिसकेको विधेयक फिर्ता लिन समस्या हुने भए तत्कालका लागि स्थगित गरेर केसीलाई काठमाडौं ल्याउने तयारी गरिएको छ । आज फेरि वार्ता हुँदैछ । डा. केसीको उपचारमा संलग्न चिकित्सका अनुसार उनलाई छाती दुख्ने, सास फेर्न समस्या भएको छ भने कमजोरीका कारण चक्कर लागिरहेको छ । त्यसैले पनि उनलाई काठमाडौं ल्याएर उपचार गराउनुपर्ने अवस्था देखिएको छ ।

वाकवाकी लाग्ने, पेट दुख्ने, मांशपेशी बाउँडिने लगायतका समस्या पनि उनमा देखिएको छ । सेतो रक्तकोशिका क्रमिक रुपमा घट्दै गएको छ भने मुटुको चाल तलमाथि भैरहेको छ । 

Global Ime bank

यस्ता छन् डा केसीले अघि सारेका ७ बुँदे मागहरु
 

१) चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक तत्काल संसदमा पेश गरेर स्नातकोत्तर तहपछिको सेवा अवधिबाहेक बाँकी  बुँदाहरुमा कुनै परिवर्तन नगरी यथारुपमा पारित गरियोस् । तत्पश्चात् अविलम्ब चिकित्सा शिक्षा आयोगलाई कार्यकारी उपाध्यक्षसहित पूर्णता दिएर मात्र साझा प्रवेश परीक्षा सञ्चालनलगनयत कामहरु सुचारु गरियोस् । 

२) कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस लगायत स्नातकोतर तहका विद्यार्थी भर्ना गर्ने गरी पूर्वाधार र जनशक्ति कायम गरियोस् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र गेटा मेडिकल कलेजको काम शीघ्र अघि बढाइयोस् । पाँचथर–इलाम, डडेल्धुरा–डोटी र उदयपुरमा सरकारी मेडिकल कलेजहरु स्थापना गरियोस् । 

३) माइतीघर मण्डला क्षेत्रमा प्रदर्शन निषेध गर्ने निर्णय तत्काल सदाका लागि फिर्ता गरियोस् । 

४)चिकित्सा शिक्षा सम्बन्धी न्यायिक जाँचबुझ आयोगले दोषी ठह¥याएका पदाधिकारीहरुलाई आयोगको सिफारिश बमोजिम कारवाही गरियोस् । त्रिविले खोसेका अधिकारहरु आइओएममा फिर्ता गर्दै आइओएमलाई थप स्वायत्तता दिइयोस् । 

५) विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको संयोजकत्वमा बनेको पदाधिकारी मापदण्ड निर्धारण समितिको प्रतिवेदन कार्यान्वयन गरियोस् । 

६) कथित छात्रवृत्ति व्यवस्थापन तथा परिचालन कार्य्िवधि २०७५ खारेज गरी चिकित्सा शिक्षा ऐनमा स्नातकोत्तर तहको छात्रवृत्तिपछि २ वर्ष अनिवार्य सेवाको व्यवःथा गरियोस्। आगामी शैक्षिक सत्रदेखि सबै निजी संःथाहरुमा समेत चिकित्साको स्नातकोत्तर तह निःशुल्क गरियोस् । 

७) पठनपाठन ठप्प भइसकेको जानकी मेडिकल कलेजका विद्यार्थीहरुलाई उचित व्यवस्थापन गर्दै विद्यार्थीहरुलाई अलपत्र पार्नमा जिम्मेवार व्यक्तिहरुलाई तत्काल कारबाही गरियोस् । तथा प्रदेश २ मा सरकारी मेडिकल कलेज खोल्ने काम तत्काल सुरु गरियोस्।
 

फाइल तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १, २०७५  ०८:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC