site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘किन हान्छौ ओली, महँगीको गोली’
Sarbottam CementSarbottam Cement

काठमाडौं । पछिल्लो समय प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघ काठमाडौंको माइतीघर मण्डलामा सरकार विरुद्ध प्रदर्शन गर्दै आएको छ । कांग्रेसका युवा नेता प्रदीप पौडेलको अगुवाइबाट सुरु भएको नेविसंघको प्रदर्शन पछिल्लो दुई सातादेखि जारी छ । 

चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसीले जुम्लामा सुरु गरेको अनशन र गोरखा फुजेलकी गंगामाया अधिकारीको आमरण अनशनमा ऐक्यवद्धतादेखि निषेधाज्ञादेखि महँङ्गीलगायतका विषयमा सडक हुँदै सदनसम्म प्रतिपक्षी कांग्रेसले विरोध गर्दै आएको छ । 

सडकमा हुने कांग्रेसको विरोधमा नाराहरु केपी ओली नेतृत्वको सरकारप्रति निकै आक्रामक देखिन्छन् । केही शिष्ट र केही अशिष्ट नाराहरुका बीचमा केही नारा भने गीतका हरफहरु जस्तै लाग्छन् । नेविसंघको आन्दोलनमा मार्सी धानको चामलदेखि असारे विकास हुँदै महँगी विरुद्धका नारा गुञ्जिएका देखिन्छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

मंगलबारको प्रदर्शनमा नेविसंघका नेता–कार्यकर्ताहरुले पटक–पटक एउटै नारा दोहोर्याए– ‘किन हान्छौ ओली, महँगीको गोली’ । ‘कम्युनिष्ट सर्वसत्तावाद विरुद्धमा नेविसंघको वृहत प्रदर्शन’ देखिएको ब्यानरमा गरिएको नेविसंघको प्रदर्शनमा उपस्थित अधिकांश नेता–कार्यकर्ताहरुले ‘किन हान्छौ ओली, महँगीको गोली’ लेखिएका कागजका टोपीहरु लगाएका थिए । 
अध्यक्ष नैनसिंह महरको नेतृत्वमा मध्यान्ह साढे १२ वजेबाट सुुरु भएको नेविसंघको सरकारविरोधी प्रदर्शन माइतीघर मण्डलामा मात्रै एक घण्टासम्म चलेको थियो । विद्यार्थीहरुको बाक्लो उपस्थितिका बीच सरकारविरोधी नाराबाजीसहित चलेको प्रदर्शन नयाँ बानेश्वर तर्फ गएको थियो । 

प्रदर्शनस्थल माइतीघर मण्डलामा नयाँ शक्ति पार्टीको जुलुस पुगेपछि नेविसंघ माइतीघर मण्डलाको परिक्रमा गर्दै नाराबाजीसहित नयाँ बानेश्वरतर्फ गएको हो । सरकारकै विरोधमा नयाँ शक्ति पार्टीपनि माइतीघर मण्डला पुगेपछि दुवै पक्षका नेता–कार्यकर्ताहरु झनै आक्रामक जस्तै देखिन्थे । 

Global Ime bank

नयाँ शक्तिले मंगलबार नै शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेको ब्यापारिकरण, महंगी, भ्रष्टाचार र कुशासन तथा अभिव्यक्ति र प्रदर्शन गर्न पाइने लोकतान्त्रिक अधिकार हनन्का विरुद्ध माइतीघरमा प्रदर्शन गरेको हो । नयाँ शक्तिको प्रदर्शनको नेतृत्व महिला नेतृ हिसिला यमीले गरेकी थिइन् । 
मंगलबार नै अवासिय चिकित्सकहरुको संगठन रेजिडेन्टस एसोसियसन अफ न्याम्स (आरएएन) ले पनि सरकार विरुद्ध प्रदर्शन गरेको छ । प्रतिपक्षी कांग्रेसको भ्रातृ संगठन नेविसंघले प्रदर्शन शुरु गर्दा आरएएनले पनि सरकार विरुद्ध प्रदर्शन गरेको हो । 

उनीहरुले ‘दुई तिहाई पायो भन्दैमा जनता मार्न पाइँदैन’, ‘मार्सी धानको भातसँग ऐन मास्न पाइँदैन’, तिम्रो मार्सी भोजनले समाजवाद आउँदैन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोक्नेका थिए । 

यसैबीच माइतीघर मण्डलाबाट नयाँ बानेश्वरतर्फ प्रदर्शन गर्दै हिँडेका नेविसंघका नेता–कार्यकर्तामाथि प्रहरीले लाठी चार्ज गरेको छ । प्रहरीले माइतीघर र बबर  महलकोबीचमा दुई पटक नेविसंघका नेता–कार्यकर्ताहरुमाथि लाठी चार्ज गरेको हो । 

प्रहरीको लाठी चार्जबाट ११ जना नेता–कार्यकर्ताहरु घाइते भएका छन् । नेविसंघका प्रवक्ता प्रेम जोशीका अनुसार उपाध्यक्षद्वय पुष्पकुमार शाही र निलकण्ठ रिजाल, महामन्त्री आनन्दराज त्रिपाठी, केन्द्रीय सदस्य सुवाश कठायत, सिटिईभिटी अध्यक्ष बिष्णु महतरा, उपाध्यक्ष मनिष ऐर, त्रिचन्द्र क्याम्पसका विद्यार्थी नेताहरु सुदर्शन पनेरु, केशर बम, यशमान विष्टलगायतका रहेका छन् ।

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

 

\"\"

\"\"
 
\"\"

 

तस्बिरहरू : सरिता खड्का

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १, २०७५  १४:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC