site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
कतार एयरवेजद्वारा २०१८ फिफा विश्वकप विजेता फ्रान्सलाई बधाई
Sarbottam CementSarbottam Cement

दोहा । फिफाको आधिकारिक पार्टनर तथा आधिकारिक एयरलाइन कतार एयरवेजले २०१८ फिफा विश्वकप रुसको विजेता फ्रान्सलाई उत्कृष्ट विजयको लागि बधाई ज्ञापन गरेको छ । कतार एयरवेजको च्यानलमार्फत मात्र २५ करोडभन्दा बढी भ्युजसहित विश्वभर यस प्रतियोगिताका करिब २ अर्बभन्दा बढी दर्शकहरु रहेको कम्पनीले जनाएको छ ।

कतार एयरवेज सफलतापूर्वक यस संस्करणको विश्वकपको आयोजनामा साथ दिँदै अब २०२२ मा कतारमा हुने प्रतियोगिताको लागि तयारीमा केन्द्रित छ । 

Prabhu Bank
Agni Group
NIC Asia

फुटबल प्रशंसकहरुलाई एकजुट गर्न सफल २०१८ फिफा विश्वकप एक रोमाञ्चक प्रतियोगिता रह्यो र यस उत्सव मनाउने क्रममा कतार एयरवेजले प्रतियोगिताको सेमिफाइनल तथा फाइनल खेलपूर्व प्रर्दशनीको लागि विशेष तरिकाले फिफाकै ब्राण्ड स्वरुप अनुसार एक बोइङ ७७७ विमान तयार गरेको थियो । 

आयरल्याण्डमा हस्त चित्रण गरिएको सो विमानमार्फत संसारको अग्रणीमध्येको एयरलाइन्सले आफ्नो यो महत्वपूर्ण साझेदारीप्रतिको प्रतिवद्धताको एक उदाहरण प्रकाश पारेको छ । 

Global Ime bank

कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकेरले भने, “क्रोएसिया माथिको महत्वपूर्ण जीतको लागि म सम्पूर्ण फ्रान्सको टिम तथा फ्रान्सेली नागरिकहरुलाई हार्दिक बधाई दिन चाहन्छु । फुटबल तथा खेलकूद प्रतिको माया र उत्साहको माध्यमले संसारलाई एकजुट गर्न सफल यस भव्य उत्सवमा सहभागी हुन पाउँदा हामी गौरवान्वित भएका छौँ । यस प्रतियोगिताको उत्साह तथा विश्वभरका फुटबल प्रेमीहरुको अद्भूत जोशले हामीलाई अझ प्रेरित गरेको छ । ”
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १, २०७५  १५:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC