site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

साना । हिंसात्मक विद्रोह जारी रहेको यमनमा शान्ति प्रक्रियाको प्रयासका लागि संयुक्त राष्ट्रसंघका एकजना विशेष दूत मंगलबार यमन आइपुगेका छन् । गएका केही वर्षदेखि भइरहेको यमनको द्वन्द्व समाधानका लागि भन्दै राष्ट्रसंघीय विशेषदूत मार्टिन ग्रफ्थ मंगलबार यमनको राजधानी साना आइपुगेका छन् ।  

उनले यमनको सरकार र द्वन्द्वरत पक्षसँग वार्ताको प्रयास गर्ने समाचारमा जनाइएको छ । विद्रोहीलाई शान्ति प्रक्रियामा ल्याउन शान्ति वार्ताका लागि पहल गर्ने उद्देश्यले उनी यमन आएको अनुमान गरिएको छ । तर यस विषयमा संयुक्त राष्ट्रसंघका तर्फबाट भने केही आएको छैन । 

Prabhu Bank
Agni Group
NIC Asia

यसअघिको भ्रमणका क्रममा विशेषदूत मार्टिनले आफूले यहाँका विद्रोहीलाई शान्ति प्रक्रियाका लागि वार्तामा ल्याउन पहल गर्ने बताएका थिए । यमनी हुथी विद्रोहीका कारण यहाँ पछिल्लो समयमा ठूलो सङ्कट उत्पन्न भएको छ । सो सङ्कट समाधानका लागि राष्ट्रसंघले पहल गर्ने जनाइएको थियो । 

तर शान्ति प्रक्रियाका लागि गरिएका भनिएका विगतका प्रयासको ठोस निष्कर्ष भने केही आएको छैन । जसका कारण यहाँ दिन प्रतिदिन हिंसा थपिएको समाचारमा जनाइएको छ । रासस/एएफपी

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २, २०७५  ०१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC