site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकारविरुद्ध अफवाह फैलाउनेको प्रतिवाद गर्न कार्यकर्तालाई प्रधानमन्त्री ओलीको निर्देशन
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशलाई सही बाटोमा हिँडाउन खोजेको बताएका छन् । मंगलबार नेपाल कम्यूनिष्ट पार्टीको कन्द्रीय कार्यालय धुम्बाराहीमा पार्टीका नेता, कार्यकर्ता र सर्वसाधरणसँग भेटघाट गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सुशासन ल्याउने  प्रतिवद्धताबाट आफू बिचलित नहुने बताए । “संविधान, नियम,कानुन र विधि अनुसार सरकारले काम गर्छ,” प्रधानमन्त्री ओलीले भने, “जसले जे माग राख्यो त्यो पुरा गर्ने,कसैले थर्काउदा थर्किने वा दबाबमा परेर निर्णय हुँदैन ।” 
प्रधानमन्त्री ओलीले भने, “यस सरकारका उद्धेश्य अन्य सरकारका भन्दा फरक छन् । वर्तमान सरकारले देशलाई थितीमा हिँडाउन चाहेको छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

जनताले सरकारलाई सुम्पिएको अभिभारा पूरा गर्नेमा कुनै सन्देह नभएको प्रधानमन्त्री ओलीले बताए ।

“सरकारले जनताका आकांक्षा पूरा गर्छ भन्ने बुझेका विरोधीहरुले, सामाजिक न्याय हुन नदिनेहरुले सरकारका विरुद्ध अफवाह फैलाएका छन्,” प्रधानमन्त्री ओलीले भने, “पार्टीका नेता कार्यकर्ता र सर्वसाधारणले यस्ता कुराको प्रतिवाद गर्नुपर्दछ ।”
दुई–चार महिनामै समृद्धि हासिल गर्न नसकिने भएकोले धैर्य गर्न प्रधानमन्त्री ओलीले आग्रह गरे ।

Global Ime bank

“चुनाव भन्दा अघिको सरकारले देशमा जथाभावी गरेकोले त्यसलाई सही ठाउँमा ल्याउन पनि समय लागेको छ,” प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै उनको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ, “निर्वाचन आचार संहिता लागेपछि जथाभावी नियुक्ति,निर्वाचन परिणाम आएको तीन महिनासम्म सत्ता हस्तान्तरण नगरेर काँग्रेसले विधि विधान विपरीत गर्यो । ”

पार्टी कार्यालयमा प्रधानमन्त्री ओलीलाई विभिन्न संघ संस्थाहरुले मागपत्र बुझाएका छन् ।  पार्टी कार्यकर्ता र सर्वसाधारणसँग भेटघाट गर्नका लागि प्रधानमन्त्री ओली महिनाको पहिलो दिन केन्द्रीय कार्यलय धुम्बाराही र १५ गते पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा जाने  कार्यक्रम छ । यस्तो भेटघाटको आज पहिलो दिन हो ।

तस्बिरः प्रधानमन्त्रीको सचिवालय 
 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १, २०७५  १९:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC