site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
हामी कवितामा सुनिए कवि मनु मञ्जिल र संगीत स्रोता 
Sarbottam CementSarbottam Cement

काठमाडौं । विगत पाँच वर्षदेखि नेपाली काव्य क्षेत्रका नयाँ पुराना प्रतिभाशाली कविहरुलाई मञ्च प्रदान गर्दै आएको ‘हामी’ कविता श्रृङ्खलाले यस पटक दुई चर्चित युवा कविहरुलाई प्रस्तुत गर्यो । हरेक महिनाको पहिलो दिन सम्पन्न हुँदै आएको हामी कविता श्रृङ्खलामा यस पटक कवि मनु मञ्जिल र संगीत स्रोता प्रस्तुत भए ।

लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिर र सर्वनामको संयुक्त आयोजनामा निरन्तर प्रस्तुत हुँदै आएको हामी यस पटक मंगलबार दिउँसो राजधानीको सर्वनाम नाटक घरमा सम्पन्न भयो । कार्यक्रममा सर्वनामका अशेष मल्लले दुबै कविहरुलाई स्वागत गरेका थिए । 
कार्यक्रमको पहिलो चरणमा कवि संगीत श्रोताले आफ्नो करिब एक दर्जन कविता वाचन गरे । उनले मोदनाथ प्रशितको ठेगाना खोज्दै हिँडेका पृथ्वी नारायणका सेना, महिलाहरू कहाँ छन्, झोला, बालुवाटार लाइभ, कोका कोलाले भारी मतले चुनाव जित्यो, संवाददातासँग आक्रोसित एउटा वेश्या, औँलाहरूको कोरसलगायतका कविता वाचन गरेका थिए ।  

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै हामी कविताको दोस्रो चरणमा इटहरिबाट आएका कवि मनु मञ्जिलले पनि आफ्ना केही कविताहरु वाचन गरे । उनले देश, कविता जीवनको अंगहरूले लेख्छिन्, एक योद्धा आफ्ना नानीहरूसित, घरको आँधी, रिसाएकी सानी छोरी, अलि अगाडिको प्रेमकथा, सजाय, दुष्मनलगायतका कविता वाचन गरेका थिए । 

महिनाको सुरुआत केही राम्रा कविता सुनेर सुरु गरौं भन्ने श्लोगनका साथ प्रस्तुत हुने हामीमा कविताका अम्मलीहरुको भीड यस पटक दह्रै लागेको थियो । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २, २०७५  ०७:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC