site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
गोलकिपर एलिसनलाई लिभरपुलको कीर्तिमानी प्रस्ताव
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । इटालियन क्लब रोमाका गोलकिपर एलिसन बेकरलाई इंग्लिस क्लब लिभरपुलले कीर्तिमानी रकमको अनुबन्धन प्रस्ताव अघि सारेको छ । लिभरपुलले एलिसनलाई गरेको कीर्तिमानी ६२ मिलियन पाउन्डको प्रस्तावबारे रोमाले छलफल गरिरहेको छ ।

लिभरपुलले २५ बर्षीया ब्राजिलियन गोलकिपर एलिसनलाई ६२ मिलियन पाउण्डको कीर्तिमानी प्रस्ताव राखेपनि रोमाले भने ६६ मिलियन पाउन्ड चाहिने अडान राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्  । एलिसनको लागि गरिएको यो प्रस्ताव गोलकिपरका लागि अहिलेसम्मकै ठुलो रकम हो । रोमाले एलिसनलाई दुईवर्ष अघि मात्रै आफ्नो क्लबमा अनुबन्धन गरेको थियो । गत सिजनमा एलिसनले ३७ सिरी ए खेलमा खेलेका थिए । 

सन् २००१ मा इटालियन क्लब युभेन्ट्सले जियानलुईजी बुफोनका लागि पामालाई ५३ मिलियन युरो तिरेको थियो । सन् २०१७ मा म्यान्चेष्टर सिटीले ४० मिलियन युरोमा कीर्तिमानी रकममा बेन्फिकाका गोलकिपर इडरसनलाई आफ्नो क्लबमा अनुबन्धन गरेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २, २०७५  ०८:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC