site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
‘क्रिकेटको घर’ लर्डसमा खेल्न उत्साहित नेपाली क्रिकेट टिम 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम इंग्ल्यान्डको लड्र्समा हुने टि—२० क्रिकेट सिरिज र नेदरल्यान्ड्ससँग हुने एक दिवसीय क्रिकेटको तयारीमा रहेको छ । त्यसका लागि १५ सदस्यीय नेपाली क्रिकेट टिमको घोषणा पनि भइसकेको छ ।

साउन १३ गते क्रिकेटको घरका रुपमा परिचित लर्डस् एमसीसी क्रिकेट क्लब र नेदरल्यान्ड्ससँग टि–ट्वान्टी त्रिकोणात्मक सिरिज खेल्दैछ । त्यस्तै, साउन १६ र १८ गते नेदरल्यान्ड्ससँग उसैको भूमिमा नेपालले पहिलो ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ ।

नेदरल्यान्ड्ससँग एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्नुभन्दा अगाडि होम अफ क्रिकेटका रुपमा परिचित लर्डस् मैदानमा नेपालले टि–ट्वान्टी त्रिकोणात्मक सिरिज खेल्दैछ । लर्डस् मैदानमा खेल्नका लागि खेलाडीहरु उत्साहित छन् । लर्डस्मा खेल्नुको महत्व नै फरक रहेको राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमटाले बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

\"\"

प्रशिक्षक टमटाले भने, “हामी पहिलो पटक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न जाँदैछौं । त्यसलाई लिएर निकै उत्साहित छौं ।”

Global Ime bank

नेपालले मार्च महिनामा भएको विश्वकप क्रिकेटको छनोट खेलमा उत्कृष्ट प्रदर्शन गर्दै एक दिवसीय मान्यता पाएको थियो । जिम्बाबेमा सम्पन्न विश्वकप छनोटमा नेपाल सुपर सिक्समा पुग्न नसके पनि ४ वर्षका लागि एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाउँदै स्वदेश फर्केको थियो ।

\"\"

एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको तयारीमा रहेका खेलाडीहरुले निकै मेहनत गरिरहेको प्रशिक्षक टमटाले बताए । “खेलाडीहरुले दिनको लगभग ५—६ घन्टा अभ्यास गरिरहेका छन् । अभ्यासमा राम्रो भइरहेको छ भने प्रदर्शनमा सुधार आइरहेको छ ।”
सम्पूर्ण क्रिकेटप्रेमीहरुले नेदरल्यान्ड्ससँगको एक दिवसीय सिरिजबारे उत्सुकता देखाएको उनले बताए ।

एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज नेपालको लागि ऐतिहासिक भएको राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले बताए । उपकप्तान मल्लले भने “यस्तो ऐतिहासिक खेलको एउटा पार्ट हुन पाउनु क्रिकेट खेल जीवनको मुख्य उपलब्धी जस्तै हो ।” 
उपकप्तान मल्लले नेदरल्यान्ड्सविरुद्धको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेल जित्दै ऐतिहासिक सुरुवात गर्ने लक्ष्यमा टिम रहेको पनि बताएका छन् ।

\"\"

सुवासको पुनरागमन
 

सुवास खकुरेलले राष्ट्रिय टिममा पुनरागमन गरेका छन् । करिब ३ वर्षदेखि नेपाली टिम बाहिर रहेका सुवासले लामो समयपछि पुनरागमन गर्दै टिममा स्थान बनाएका हुन् । सुवास खकुरेलले पछिल्लो समयमा सन् २०१५ नोभेम्बरमा आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत पपुवा न्युगिनीसँगको खेलमा खेलेका थिए । त्यसपछि सुवास नेपाली टिम बाहिर रहेका थिए ।

\"\"

नेपाली क्रिकेट टिम
 

पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान) शरद भेषवाकर, बसन्त रेग्मी, शक्ति गौचन, सुवास खकुरेल, दीपेन्द्रसिंह ऐरी, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख रहेका छन् । त्यस्तै, अनिल कुमार शाह, करण केसी, रोहित कुमार पौडेल, सन्दीप लामिछाने र सोमपाल कामी रहेका छन् ।  
त्यस्तै, बैकल्पिक खेलाडीमा विनोद भण्डारी, सुनिल धमला, प्रदीप ऐरी र सुशान भारी रहेका छन् ।

\"\"

\"\"

\"\"

\"\"

\"\"


सबै तस्बिर सौरभ रानाभाट

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २, २०७५  १०:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC