काठमाडौं । गायक हेमन्त शर्मा ‘पातली...’ बोलको गीत लिएर आफ्ना स्रोता तथा दर्शकमाझ आएका छन् । बुधबार उनले आफ्नै युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरेका हुन् ।
आफ्नै शब्द, संगीत तथा स्वर रहेको गीतको म्यूजिक भिडियोमा शर्मा आँफैले अभिनयसमेत गरेका छन् । गीतमा श्याम श्वयत रसाईलीको संगीत संयोजन रहेको छ ।
भिडियोमा शर्मालाई मोडल एलिसा राईले साथ दिएकी छिन् । आफ्ना गीतको म्यूजिक भिडियोमा आफैले अभिनय गर्न रुचाउने शर्माले गाउँले सोझो युवाको भूमिका निर्वाह गरेका छन् ।
शर्मा स्वयम्ले निर्देशन गरेको ‘पातली कै मयाँ लाउनी...’ को म्यूजिक भिडियोमा शिव बि.कको कोरियोग्राफि छ । ज्ञानेन्द्र शर्माले खिचेको म्यूजिक भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् ।