site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
डा. केसीलाई सैनिक अस्पतालमा भर्ना गरेर विधेयक पारित गर्ने दाउमा सरकार छ : गगन थापा (भिडियोसहित)
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

कांठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीका प्रतिनिधिसँगको वार्तामा सरकारले गम्भीरता नदेखाएको आरोप लगाएका छन् । 
नेपाल प्रेस यूनियनले बुधबार हिल होम केयर प्रालिसँगको सहकार्यमा काठमाडौंमा आयोजना गरेको ‘पत्रकार र पत्रकारका परिवारका निम्ति निःशुल्क स्वास्थ्य परिक्षण’ कार्यक्रममा नेता थापाले डा. केसीका माग पूरा गर्नतर्फ सरकार अग्रसर नभएको दाबी गरे । 
‘‘डा. केसीसँग वार्ता गर्न भनेर समिति गठन गरिएको छ । सरकारले वार्ताका लागि ठोस पहल गरेको छैन,’’ उनले भने, ‘‘वार्ताका नाममा डा. केसीलाई काठमाडौंमा ल्याएर सैनिक अस्पतालमा भर्ना गर्ने र सदनबाट स्वास्थ्य शिक्षा विधेयक जबरजस्ती पारित गर्ने धृष्टता सरकारले गरेको छ ।’’
चिकित्सा क्षेत्रको सुधारको विषय राज्यको पुनः संरचनाको चरित्रसँग जोडिएको समेत नेता थापाले स्पष्ट पारे । सरकारले जबरजस्ती विधेयक ल्याएर मुठभेडको अवस्था सृजना गरे  संख्याका आधारमा बलियो मानिएको सरकार फेल हुने उनको चेतावनी थियो । 
कांग्रेस नेता थापाले तत्कालिन माओवादीले दुई तिहाइको बलमा संविधान पारित गर्न नहुने आग्रह गर्दा सहमतिबाटै संविधान ल्याइएको स्मरण गर्दै वर्तमान संसदमा दुई तिहाइको बलमा स्वास्थ्य शिक्षा ऐन पारित गर्ने प्रयास गर्नु दुर्भाग्यपूर्ण हुने बताए । 
माथेमा आयोगको प्रतिवेदनलाई टेकेर डा. केसीले उठाएका मागलाई कांग्रेसले स्वामित्व ग्रहण गरेकोमा खुशी ब्यक्त गर्दै थापाले विगतमा कांग्रेसको नेतृत्वमा चिकित्सा क्षेत्र र शिक्षा क्षेत्रमा भएका निर्णयमा केही कमी–कमजोरी भए त्यसलाई समिक्षा गर्दै सुधारेर जान कांग्रेस तयार हुनुपर्ने बताए ।
माथेमा आयोगको प्रतिवेदन र विभिन्न कार्यदलको सिफारिसमा अघिल्लो सरकारले चिकित्सा क्षेत्र सम्वन्धि विधेयक ल्याएको भन्दै उनले आम जनताका विपक्षमा आउँने विधेयकलाई कुनै हालतमा स्वीकार्न नसकिने जिकिर गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. सुरेश आचार्यले सरकारले पत्रकारको स्वाथ्यसँग सम्वन्धित विषयमा जिम्मेवारी देखाउनु पर्नेमा जोड दिए । 
स्वास्थ्य परीक्षण कार्यक्रममा दृष्टि आइ केयर सेन्टर र नेपाल नेशनल हस्पिटल कलंकीको समेत सहयोगमा भएको कार्यक्रममा पत्रकारिता क्षेत्रमा सक्रिय १ सय ५० बढी पत्रकारहरुले स्वास्थ्य परिक्षण गराएका छन । कार्यक्रममा आँखा, सुगर, प्रेसर, अक्सिजनको मात्रा लगायतको जाँच गरिएको छ । 


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २, २०७५  १४:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC