site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसले प्रदेशसभा पनि चल्न नदिने
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकार लोकतन्त्रका मूल्य–मान्यता विपरित चलिरहेको निष्कर्षसहित संसद र सडकमा आन्दोलनरत प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस झनै आक्रामक ढंगबाट अघि बढ्ने भएको छ । सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा बुधबार बसेको कांग्रेस शीर्ष नेताहरुको बेठकले सरकार विरुद्ध झनै आक्रामक ढंगले प्रस्तुत हुने निर्णय गरेको छ । 

शीर्ष नेताहरूको बैठकले सरकार संविधान विपरीत अघि बढेको निष्कर्ष निकाल्दै संघीय संसदसँगै ७ वटै प्रदेशमा संसद अवरुद्ध गर्ने निर्णय गरेको बैठकमा सहभागी नेताहरुले जानकारी दिएका छन् । बैठकमा डा. गोविन्द केसीको मागप्रति सरकार गम्भीर नभएको भन्दै कांग्रेसले सडक तथा सदनबाट आन्दोलनलाई थप चर्काउने निर्णय गरेको बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

‘‘डा. केसीको माग पूरा गर्न मन्त्रीस्तरकै वार्ता टोली गठन गर्नुपर्छ भन्ने हाम्रो माग हो । यसका लागि हामीले सरकारलाई दबाव दिने निर्णय गरेका छौं,’’ उनले भने । उनका अनुसार एउटै पार्टीको सभामुख र उपसभामुख बनाएर सरकारले संविधान मिचेको दाबी गर्दै प्रतिपक्षी कांग्रेसले यसका विरुद्धमा पनि विरोध गर्ने निर्णय छ 

कांग्रेसका शीर्ष नेताहरुको बैठकमा पार्टीको विधान परिमार्जनका लागि विधान मस्यौदा परिमार्जन समिति गठन गर्नेपनि सहमति जुटेको छ । विधान मस्यौदा परिमार्जन समिति गठनका लागि वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति देउवालाई छिट्टै नामावली बुझाउने भएका छन् । 

Global Ime bank

नौ सदस्यीय हुने भनिएको विधान मस्यौदा परिमार्जन समितिमा संयोजकसहित ५ सदस्य आफूसँग राखेर देउवाले पौडेल पक्षलाई चार जनाको नाम दिन भनेका छन् । सभापति देउवाले साउनको पहिलो साताभित्रै समिति गठन गर्ने तयारी गरेको बताइएको छ । उनी साउन ६ गते स्वास्थ्य उपचारका लागि विदेश जाँदैछन् । बैठकमा भ्रातृ संगठन नेविसंघमा देखिएको विवाद समाधानका लागि पनि पहल गर्ने सहमति भएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २, २०७५  १५:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC