site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट सरकारद्वारा हटाइएका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदलाई सर्वोच्च अदालतले तत्कालका लागि काममा फर्किनू भनेर आदेश दिए पनि उनलाई काम गर्न रोक लगाइएको छ । सर्वोच्चको आदेशअनुसार उनी मंगलबार नै नेप्सेमा पुगेर हाजिर गरी फर्केका थिए । बुधबार पनि उनी कार्यालय पुगेका थिए तर उनले आज भने हाजिर गर्न नै पाएनन् । 
सरकारले गत आइतबार साउदलाई बर्खास्तिको पत्र थमाएको थियो । तर, सरकारको निर्णयविरुद्ध सर्वोच्चत पुगेका साउदलाई सर्वोच्चले तत्कालका लागि काममा फर्किनू भन्ने आदेश दिएको थियो । 
मन्त्रिपरिषद्ले साउदलाई हटाएपछि अर्थ मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबमोजिम अर्को व्यवस्था नभएसम्मका लागि उपसचिव रमेश अर्याललाई नेप्सेको सीईओमा नियुक्त गरेको थियो । त्यसपछि अर्यालले कार्यभार सम्हालेका हुन् । 

कारोबार प्रभावित– १७ करोडको कारोबार, नेप्से १२ सयको बिन्दु तल
बुधबार नेप्सेमा सीईओ पुनर्वहाली भएका गतिविधिका कारण सेयर बजार पनि प्रभावित रह्यो । यसदिन सिस्टम खुल्ने र बन्द हुने क्रमले निरन्तरता पाउँदा दिनभरमा करिब २ घण्टा नेप्सेको साइटमा समस्या देखिएको थियो ।
यसदिन नेप्सेको लफडा र साइट समस्याका कारण बजारको कारोबार उल्लेख्य हुन सकेन । यसदिन बजारमा कूल १७ करोड ५३ लाख ७७ हजार रुपैयाँको कारोबार हुँदा नेप्से परिसूचक ५.७ अंकले ओराला लागेको हो । कारोबार सुरु भएदेखि नै घट्ने क्रममा रहेको परिसूचक अन्तिम १० मिनेट केही सुधारिने प्रयास गर्नुबाहेक दिनैभरि घटिरह्यो ।
साताको चौथो दिन तथा नयाँ आर्थिक वर्षको दोस्रो दिन पनि घट्ने क्रममा नेप्से परिसूचक १२ सय अंकभन्दा तल झर्यो । १२ सय ४ दशमलव ३१ अंकबाट सुरु भएको नेप्से परिसूचक ११ सय ९८ दशमलव ६१ अंकमा पुगेर रोकिएको हो ।
नेप्से घट्दा यसदिन “क” वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १.२४ अंकले घटेर २५२.३८ अंकमा आइपुगेको छ ।
१७ लाख ५३ हजार रुपैयाँको कारोबार हुने क्रममा यसदिन बजारमा मात्र १३९ कम्पनीका ४ लाख ७७ हजार रुपैयाँको सेयर किनबेच भए । कारोबार रकम अघिल्लो दिनभन्दा ३ करोड रुपैयाँ कम हो ।
नेप्से घट्दा बुधबार कारोबारमा आएका ११ समूहमध्ये ९ वटामा गिरावट आएको छ । यसदिन वित्त समूह ०.७६ अंकले बढ्नु र होटल समूह स्थिर रहनुको बाबजुद सबै समूह घटे । घट्नेमा निर्जीवन बीमा समूह सर्वाधिक ६१.६१ अंकले घट्यो । प्रतिशतको हिसाबले ट्रटडिङ समूह सर्वाधिक १.४ प्रतिशत (२.७९ अंक)ले ओरालो लाग्यो ।
बीमा समूह मंगलबार जीवन बीमा र निर्जीवन बीमा समूहमा विभाजन गरिएको थियो ।
यसदिन कारोबारमा आउने १३९ कम्पनीमध्ये नबिल बैंकको मात्रै सर्वाधिक २ करोड ५७ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भए ।
बुधबार सर्वाधिक कमाउनेमा नेसनल हाइड्रोपावरका लगानीकर्ता रहे । कम्पनीका लगानीकर्ताले ४.७१ प्रतिशत कमाउँदा नयाँ नेपाल लघुवित्तका सेयर मूल्यमा सर्वाधिक ६.६६ प्रतिशत को गिरावट आयो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २, २०७५  १६:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC