साहित्य
काठमाडौं । गायिका मन्जु पौडेल र सन्तु थापाको स्वरमा रहेको गीत ‘छम्म छम्म’ बोलको तीज गीत सार्वजनिक भएको छ । गीतमा शिव हमालको शब्द तथा पवित्रा सर्तुङ्गे मगरको संगीत छ । आशिष अविरलको एरेन्ज गरेका छन् ।
तीजमा ब्रत बसेकी श्रीमती आफूसँगै नाच्न आइपुगेका श्रीमानलाई देखेर हुने खुसीको भावमा भिडियो निर्माण गरिएको छ ।
भिडियोमा निता ढुुंगाना र दीपेन्द्र घिमिरेको अभिनय छ । राजेश घिमिरेको छायांकन र बिष्णु शर्माको सम्पादन रहेको भिडियो प्रकाश भट्टले निर्देशन गरेका हुन् ।
प्रकाशित मिति: बुधबार, साउन २, २०७५ १७:१०
प्रतिक्रिया दिनुहोस्