site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
तिमीले पराइ ठानेपछि...
Sarbottam CementSarbottam Cement

गीत कसरी, कहाँ, कस्तो परिस्थिति र समयमा लेखिन्छ ? यो प्रश्नमा हरेक गीतकारका फरकफरक जवाफ आउँछ । कसैले राति सपनामा देखेको गीतलाई ब्युँझिएर उतार्छन् । कोही गीत लेख्नकै लागि एकान्त खोज्छन् । कोही कसैले दिएको विषयवस्तुको फेरो समाएर लेख्छन् त कोही ट्युनिङको परिधिमा बाँधिएर गीतका स्थायी र अन्तरा खोज्छन् । 

सासुआमालाई पाल्पा अस्पताल लिएर गएका बेला अस्पतालमै गीत लेखे, लोकराज अधिकारीले २०५९ सालमा पहिलोपटक । गीत थियो लोकदोहोरी–‘किन होला तिमी छैनौं, मान्दैन यो मन... ।’ शर्मिला गुरुङ र माधव चौधरीले गीत गाए । 

केही समयको अन्तरालमै गोविन्द मधुर आचार्यले गाएको ‘कान्छीको रुमाल खस्यो पानीमा...’ लोकराजको दोस्रो गीत थियो । लोकपप यो गीत उनले १० मिनेटमा लेखेका थिए । इराकमा नेपालीको अनाहकमा ज्यान गयो । काठमाडौंमा त्यसको विरोधमा तोडफोड भयो । त्यही बेला रेकर्ड भएको गीत थियो ‘कान्छीको रुमाल खस्यो पानीमा...’ । “गोविन्द भाइ स्टुडियोमा पसेर स्थायी गाउँथे, म बाहिर कन्ट्रोल रुममा बसेर अन्तरा लेख्दै गाउन दिएको गीत थियो त्यो ।” छिनमै गीत लेख्न सक्ने ल्याकत राख्छन् उनी । 

Prabhu Bank
Agni Group
NIC Asia

सन्तोष श्रेष्ठले ०६० सालमा लोकराजको स्वदेश गान गाए । ‘युवा तिमीले देश रोएको देख्नुपर्छ है, खाली पेटका कथा व्यथा लेख्नुपर्छ है..’ चिनारी एल्बमको यो गीत रेडियो नेपालबाट बज्न थाल्यो । लोकराजलाई यो गीतले चिनाउन थाल्यो । साथीहरु ‘तेरो गीत रेडियो नेपालबाट बज्छ नि ! सुनेको छस् ?’ भन्थे । उनी दङ्ग पर्थे ।

० ० ०
मध्य र सुदूरपश्चिमाञ्चलकै पहिलो एफएम दाङमा खुल्यो, रेडियो स्वर्गद्वारी । रेडियोको क्रेज थियो । लोकराजलाई काम गर्ने रहर जाग्यो । आवेदन दिए, कार्यक्रम प्रस्तोतामा । स्वर मोटो नै थियो । सायद सम्भावना देखे सञ्चालकहरुले, उनको जागिर पक्का भयो । 

Global Ime bank

कार्यक्रम चलाउन थाले, ‘गिताञ्जली’ (०५८) । गजलको कार्यक्रम थियो,– ‘गिताञ्जली’ । दाङमा गजलका पुस्तक खासै पाइँदैन थिए । काठमाडौंबाट मगाए । टिकाराम उदासी, सुदिप गौतमको गजल संग्रहहरु संग्रह गरे । मधुपर्कमा छापिने गजल पनि उनको कार्यक्रम ‘गिताञ्जली’ को सामग्री संकलनको स्रोत थियो । तिनै संग्रहबाट उनी गजल बाचन गर्थे ।  

त्यही कार्यक्रमको अन्तिममा उनी ‘बोनस गजल’ भनेर आफैंले लेखेको गजल वाचन गर्थे । उनकै शब्दमा ‘गिताञ्जली’ को ‘बोनस गजल’ निकै लोकप्रिय थियो । ‘बोनस गजल’ सुन्नकै लागि ‘गिताञ्जली’ कुर्ने स्रोताको संख्या ठूलो थियो । त्यही ‘बोनस गजल’ का लागि लोकराजले फेरि अर्को नयाँ अंकका लागि गजल लेख्नु थियो ।

कहिले हाँसो, कहिले रोदन गजलका अक्सर विषय हुन्थे । लोकराजलाई त्यो साँझ कार्यक्रममा छिर्नु अगाडि गजलमा थोरै आफ्नै कथा मिसाउन मन लाग्यो । कमलो मन कतै ठोक्किएको थियो । त्यसैमा उनी मिसिए । र, थाले कला चलाउन । सँगै बाँच्ने कसन खाए पनि सँगै मर्नेसम्मको बाचा त बाँधिएको थिएन तर लेख्दै जाँदा उनी त्यो तहसम्म पुगे । सर्जकले कहाँ सधै आफ्नै कथा मात्रै लेख्छ र ? अधिक त अनुभूत न गर्ने हो । प्रेमको गहिराइमा डुबे, सँगै बाँच्ने र सँगै मर्ने तहसम्मको बाचा गरेको परिकल्पना गरे । त्यसैलाई कलमको निपमार्फत् २० मिनेटमा कागजमा उतारे, 

तिमीले पराई ठानेपछि पराई हुन के भयो र 
तिम्रो मेरो बीचको नाता भन्नु पनि के रह्यो र 
आखिर डाँडा काट्नु रैछ, त्यो मन अन्त्यै साट्नु रैछ
हाँस्दा तिमी सँगै हाँस्छु, रुँदा सँगै रुन्छु भन्थ्यौ
तिमी बादल बन्यौ भने म त वर्षा हुन्छु भन्थ्यौ
बादलजस्तै फाट्नु रैछ त्यो मन अन्त्यै साट्नु रैछ
मलाई छोडी गयौ भने पराई तिमी भयौ भने 
फूल जस्तै झर्छु भन्थ्यौ तिम्रो कसम मर्छु भन्थ्यौ
कसम खाई ढाँट्नु रैछ त्यो मन अन्त्यै साट्नु रैछ
तिमीले पराई ठानेपछि पराई हुन के भयो र 
तिम्रो मेरो बीचको नाता भन्नु पनि के रह्यो र 
आखिर डाँडा काट्नु रैछ, त्यो मन अन्त्यै साट्नु रैछ ।

 

गजल स्रोताले मन पराए । साथीसंगतिले पनि तारिफ गरे । काठमाडौं बस्ने कृष्ण रौले म लैजान्छु यो भनेर लिएर आए ।  यादव योगी पनि म कम्पोज गर्छु भन्दै लगे तर त्यो गजल गीति गजलमा परिणत भैसकेको थिएन । 

०६५ मा लोकराज रेडियो सगरमाथामा काम गर्न काठमाडौं आए । त्यही वर्ष सन्तोष श्रेष्ठले म यो गीत कम्पोज गर्छु भने । काठमाडौं भर्खर छिरेका लोकराजलाई खासै थाहा थिएन । 
कसरी गर्ने ?

सन्तोषले भने, “तपाईं अञ्जु पन्त र शिशिर योगीलाई भनेर पेमेन्ट गर्नुस्, म कम्पोज गर्छु भने । लोकराजले अञ्जुलाई फोन गरेर भने, “दिदी मैले एउटा गीत लेखेको छु, तपाईंले गाउनु पर्यो । पैसा खासै धेरै छैन ।” 

अञ्जुले ‘रेट’ बताइन् । लोकराजले हुन्छ भने । 

सन्तोषले यसलाई गीत बनाउँ भने । तीन शेरको गजललाई संरचनामा थोरै फेरबदल गरे । साढे ९ हजार सगरमाथाको तलब उनले अञ्जु र शिशिरलाई बाँडफाँट गरेर दिए । गीत रेकर्ड भयो ।

गीत रेकर्ड गरेर स्टुडियोबाट बाहिर निस्किएपछि लोकराजले सोधे, “दिदी गीत कस्तो भयो ?”  अञ्जुले भनिन्, “मेरो अहिले सुपर मेगा ‘न बिर्से तिमीलाई, न पाएँ तिमीलाई... ,” र ‘सागर सरी...’ हो । यो पनि राम्रो छ हिट हुन्छ । 

शिशिर योगीले तिमीले पराई ठाने पछि पराई हुन के भयो र पराई हुन... को ठाउँमा हुँदा राख्दा पञ्चिङ हुन्छ, राम्रो सुनिन्छ भनेर हुन... नै गाए । 
लोकराजले शिशिर योगीलाई ३५ सय दिए, अञ्जुलाई ४५ सय । अञ्जुले भनिन्, किन ५ सय कम ? 

लोकराजले भने, “सम्बन्धका लागि...।”  

तीन महिनापछि नेपाल बाहिर पठाएको गीतमा भोकल दबेको भन्ने कमेन्ट आयो । लोकराजले १० हजार तिरेर अञ्जुलाई रि–भोकल गर्न लगाए । 

गीत सार्वजनिक हुनेबित्तिकै दर्शकले मन पराए । सीआरबीटीमा सर्वाधिक डाउनलोड हुने गीतको रेकर्ड बनायो । लोकराजको सांगीतिक यात्रामा टर्निङ पोइन्ट बन्यो, ‘तिमीले पराई ठानेपछि...।”

गीत हिट भएपछि लोकराजसँग गीत माग्नेको संख्या बढ्यो । गीतमै जीवन बिताएका मुर्धन्य गीतकारहरुले उनलाई नोटिस गरे । पाएको सफलता बचाउन उनलाई कठिन हुन्छ कि भन्ने लाग्यो । चोहर होस् या नचाहेरै गीतमा दशक खर्चिएका  गीतकारसँग उनका गीत बजारमा पैतिस्पर्धा हुँदैथिए । लोकराजले हेमाङराज अधिकारीले लेखेको बृहत् नेपाली शब्दकोष किनेर पढ्न थाले । आफूले लेखेका गीतको शुद्धाशुद्धि हेर्न थाले । कति चित्त बुझ्दो भटिए कतिमा त्रुटी । 

० ० ०
लोकराजले ट्युनिङमा पनि थुप्रै गीत लेखेका छन् । सुगम पोखरेल ेखि टंक बुढाथोकीसम्मका गीतले उनले ट्युनिङ पाएपछि लेखेका हुन् । 

दीपकराज गिरी र दीपाश्री निरौलाले लोकराज र टंकलाई ‘छक्का पञ्जा–२’ को प्रोमो बनाउन दिएका थिए । उनीहरुले बनाए, ‘सररर हुई दसैंमा छक्का पञ्जा–२’ ।

दीपक दीपाले हामीलाई ‘छक्का पञ्जा–३’ का लागि गीत चाहियो भनेका थिए । लोकराज र टंक दुईतीनवटा विकल्पमा काम गरिरहेका थिए गीतका लागि । दीपाले ‘रुपै मोहनी...’ मन पराइन् । त्यही गीत पनि महजोडीले ‘शत्रु गते’मा राखौं भने । दीपक दीपाले नाईं भन्न सकेनन् । 

ट्युनिङमा गीत लेखन सुरु भयो । लोकराजले शब्द लेखेर टंकले त्यसलाई गाएर दीपक, दीपा र किरण केसीलाई पठाइदिन्थे । दर्जनौं पटक परिमार्जन गरिसकेका थिए । एक दिन सुटिङमै लोकराज र टंक सुटिङ भैरहेको भक्तपुरको रोजभिल्ला पुगे । “दाइ, कस्तो सिनका लागि गीत लेख्ने हो भन्नुस् त ?” लोकराजले दीपकराजलाई भने । 

“पहाडको मान्छे तराईमा आएर विवाह गर्दा, नाच्ने खालेको रमाइलो गीत बनाउने हो । तराईका केही फ्लेबर आउनुपर्छ शब्द र संगीत दुबैमा,” दीपकराजले भने । 
लोकराजले क्ल्यू पाए । उनले गुगल सर्च गरे, विवाहमा तराईमा के प्रायोग गरिन्छ ? भेटियो,–कसौंडी, तिल्यौरी, अम्खोरा ।  लोकराजले कसौंडी, तिल्यौरी शब्द गीतमा मिसाए । टंकले संगीतमा तराईका केही फ्लेबर खोजे । गीत तयार भयो । गीत दर्शकले रुचाए । दिनमा सर्वाधिक धेरै युट्युबमा सर्च गरिने गीतको रेकर्ड बनायो ‘रुपै मोहनी...’ ले । 
‘सत्रु गते’ को गीत ‘रुपै मोहनी...’ उनले ट्युनिङ पाएपछि लेखेका हुन् । सुरुमा यो गीत उनले ‘छक्का पञ्जा–३’ का लागि लेखेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २, २०७५  १७:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC