site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सप्तरी प्रिमियर लिग क्रिकेटको उपाधि खडक वारियर्सलाई
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काडमाडौं । प्रथम मेयर कप सप्तरी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि बजाज खडक वारियर्सले जितेको छ । सप्तरी पब्लिक विन्देश्वरी स्कुल क्रिकेट मैदानमा सम्पन्न फाईनलमा बोदे बर्साइन थन्डर्सलाई ४ विकेटले पराजित गर्दै वारियर्सले उपाधि जितेको हो ।
फाईनलमा टस हारेर ब्याटिङ गरेको बोदे बर्साइन थन्डर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२७ रन बनाएको थियो । टिमको लागि कप्तान सिद्धान्त लोहनीले सर्वाधिक ३५ रन बनाएका थिए । उनले २९ बलमा ३ चौका र २ छक्का प्रहार गरे । त्यस्तै रोहित सिंहले २७, श्रवण यादबले १९, सन्दीप ढुंगानाले १६ रन बनाए । वारियर्सका बलर उपेन्द्र रोय, बिबेक यादब र हरिशंकर शाहले समान २–२ विकेट लिए । 
१२८ रनको लक्ष्य खडक वारियर्सले १९.१ ओभरमा ६ विकेट गुमाएर भेटायो । वारियर्सको जितमा पुष्प थापाले सर्वाधिक ४२ रन बनाए । म्यान अफ द म्याच समेत चुनिएका उनले ३२ बलमा ६ चौका र १ छक्का प्रहार गरेका थिए । ४८ रनको योगफलमा ४ विकेट गुमाएको अवस्थामा ब्याटिङ गर्न आएका थापाले पाँचौ विकेटको लागि आशिष झासँग २२ रन तथा छैठौं विकेटको लागि फिर्दोश अन्सारीसँग ५० रनको साझेदारी गर्दै जित दिलाएका थिए । फिर्दोश अन्सारीले अविजित २५ रन बनाए । बोदे बर्साइनका बलर नन्दन झा र श्रवण यादबले २–२ विकेट लिए ।
उपाधि विजेता वारियर्सले ट्रफी सहित १ लाख ५१ हजार रुपैयाँ हात पार्यो भने उपविजेता बोदे बर्साइन थन्डर्सले ट्रफी र ८१ हजार रुपैयाँमा चित्त बुझायो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी बिजेता टिमका कप्तान बिबेक यादब, उत्कृस्ट बलर बोदे बर्साइनका नन्दन यादब, उत्कृस्ट ब्याट्सम्यान तिलाठी कोइलाडीका मेहबुब आलम घोषित भए भने उदयमान खेलाडी तिलाठी कोइलाडीका राहुल मण्डल घोषित भए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २, २०७५  १८:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC