site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

रावलपिण्डी । पाकिस्तानको निर्वाचन आयोगले यहाँका २० हजारभन्दा बढी मतदान केन्द्रलाई सम्वेदनशील घोषणा गरेको छ । आसन्न आमनिर्वाचनका लागि तोकिएका मतदान केन्द्रमध्ये २० हजार ७८९ मतदान केन्द्रलाई सम्वेदनशील मतदान केन्द्र भनी घोषणा गरिएको हो । आयोगले देशभरमा ८५ हजार ३०७ ओटा मतदान केन्द्र तोकिएको जानकारी दिएको छ । 

यही जुलाई २५ मा आमनिर्वाचन हुने तय भएको पाकिस्तानमा सो निर्वाचनमार्फत देशका सबै चार प्रदेश र संघीय राजधानी इस्लामावादबाट जनप्रतिनिधि चयन हुनेछन् । 

ती मतदान केन्द्रहरू देशको उत्तरपश्चिमी खैबर पाख्तुङ्ख्वा प्रदेशमा सवैभन्दा धेरै रहेका छन् । सो प्रदेशमा सात हजार ३८६ ओटा मतदान केन्द्र सम्वेदनशील रहेको अधिकारीले बताएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैगरी दक्षिणी सिन्ध प्रान्तमा पाँच हजार ७७६ केन्द्रलाई सम्वेदनशील घोषणा गरिएको छ । विद्रोही समूह, राष्ट्रवादी र लडाकू समुहबाट विभिन्न प्रकारका आक्रमण हुनसक्ने खतरा आँकलन गरेर सम्वेदनशील मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ । 

त्यसैगरी देशको पञ्जाव प्रदेशमा यस्ता मतदान केन्द्रको सङ्ख्या पाँच हजार ६८६ रहेको छ भने दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा एक हजार ७६८ ओटा केन्द्र रहेका छन् । 

Global Ime bank

ती केन्द्रमा अन्य जिल्लाको तुलनामा सुरक्षा व्यवस्थालाई कडा पारिने जानकारी पाकिस्तान सरकारले दिएको छ । ती क्षेत्रमा बढी सुरक्षा कायम गर्न निर्वाचन आयोगले पनि माग गरेको हो । 

निर्वाचन लक्षित हिंसा कायमै 

उता आमनिर्वाचनको लागि पाकिस्तानमा प्रचारप्रसार अभियान जारी छ । यस अभियानसँगै देशमा निर्वाचनजन्य हिंसा भड्किने त्रास पनि मेटिएको छैन । यहाँ निर्वाचनको प्रचार ¥याली र सभालाई लक्ष्य गरेर हिंसात्मक आक्रमण भएका छन् । ती हिंसामा परी कैयौँ नागरिकको ज्यान गएको समाचार प्राप्त भएको छ । 

अभियान शुरु भएका एकाध दिनमा भएका हमलामा १५० जनाभन्दा बढीको ज्यान गएको छ । ती हमलामा परी अरु सयौँ जना घाइते भएका छन् । 

पाकिस्तानको आागमी निर्वाचनमा सुरक्षा खतरा रहेको चर्चा पनि जारी नै छन् । अर्कातर्फ पाकिस्तानी सेनाका प्रवक्ताले पनि आगामी निर्वाचनमा सुरक्षा खतरा रहेको बताएका थिए ।  

निर्वाचनको अभियानको पहिलो दिनबाट नै शक्तिशाली हमला भएको अधिकारीले बताएका छन् । उनीहरुले निर्वाचन अभियानलाई सुरक्षित बनाउने उपायका बारेमा सरकारसँग आग्रह गरिरहेका छन् । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३, २०७५  २३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC