site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

कान्दाहार । अफगानिस्तानमा सन् २०१४ को डिसेम्बरको अन्त्यमा अफगान युद्ध सकिएको घोषणा गर्दै (नर्थ एटलान्टिक ट्रिटी अर्गनाइजेसन) नेटो र अमेरिकी सेना प्रायःअफगानिस्तान छोडेका थिए । यहाँ बाँकी रहेका केही नेटो आवद्ध र अमेरिकी सेनाले पनि तालिबान आतङ्ककारी समूहले अफगानिस्तानमा सुरक्षा प्रदान गर्दैैै आएका छन् । 

बाँकी रहेका सेनाले अफगान सुरक्षालाई तालिम दिने र सरसल्लाह दिनेमा बढी केन्द्रित रहेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

सन् २०१५ को जनवरीबाट अफगान सुरक्षाबलले नै अफगानिस्तानको सुरक्षाको सम्पूर्ण जिम्मा लिएको जनाएको छ । तर पनि यहाँ सर्वसाधारण र सुरक्षाकर्मीको हताहत भने घटेको छैन । 

शुक्रबार मात्र पनि अफगानिस्तानको कुन्दुज प्रान्तमा सुरक्षा अधिकारी र आतङ्ककारीबीच भएका छुट्टाछु«टै झडपमा आठ सुरक्षा अधिकारीको मृत्यु भएको छ । त्यसैगरी यस झडपमा १८ तालिबान आतङ्ककारी पनि मारिएका छन् । 

Global Ime bank

सन् २००१ मा अमेरिकाको न्युयोर्कस्थित ट्वीन टावरमा अल कायदाको आतङ्ककारी आक्रमणमा सयौँं निर्दोष व्यक्ति मारिएपछि उक्त सञ्जालका ओसामा बिन लादेनलाई खोजीगर्ने क्रममा अमेरिकी नेतृत्वमा नेटो सेना अफगानिस्तान प्रवेश गरेको थियो । 

तालिवान विरुद्धको युद्ध मैदानबाट नेटो सेना घर फर्किँदा उनीहरुमा जेजस्तो खुसियाली छाएको थियो, त्यसरी ढुक्क हुने अवस्था भने सबै अफगान नागरिकमा देख्न पाइएको छैन । रासस/एएफपी
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ५, २०७५  ०१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC