site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
संसदमा अवरोध हटाउन प्रधानमन्त्री मोदीको आग्रह
Ghorahi CementGhorahi Cement

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसदको काम कारबाहीलाई अवरुद्ध नगर्न आग्रह गरेका छन् । उनले वर्षे अधिवेशन सुचारू गर्न दिन विपक्षी कांग्रेस र अरु दलका सदस्यहरुसँग आग्रह रेका छन् । 

शुक्रबार बिहान ट्वीट गरेर उनले संसदीय कामकाज सुनिश्चित गर्न दिन राजनीतिक दलहरुसँग आग्रह गरेको बताइएको छ । यो संसदको वर्षे अधिवेशन भएकोले यसले कानुन निर्माणदेखि अरु धेरै काम गर्नुपर्ने भएको र सरकार कुनै पनि दलले उठाएका जुनसुकै विषयमा पनि छलफल गरी त्यसबाट समाधान निकाल्न तयार भएको भन्दै संसद सुचारु गर्न आग्रह गरेका छन् । 
 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय संसदमा बिहीबारबाट उत्पन्न अवरोध हटाउन विपक्षी काँग्रेससँग आग्रह गर्नुभएको शुक्रबारका भारतीय सञ्चारमाध्यमहरुले दिएका छन् । 

Agni Group

भारतीय संसदमा प्रधानमन्त्री नरेन्द्र मोदीका विरुद्ध बिहीबार अविश्वासको प्रस्ताव दर्ता गराइएको छ । उक्त प्रस्ताव दर्ता गराएसँगै विपक्षी काग्रेस दलले संसद चल्न नदिने भन्दै अवरोध पनि गरेको छ । 

वर्षे अधिवेशन शुरुआत भएको दिन बिहीबार कांग्रेस नेतृत्वमा विपक्षीहरुले लोकसभामा प्रधानमन्त्रीका विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । त्यसपछि उनीहरुले प्रधानमन्त्री मोदीविरुद्ध नाराबाजी गरेका थिए । दर्ता गरेको अविश्वासको प्रस्तावमाथि शुक्रवार बहस र मत विभाजन हुने भएको छ । 

Global Ime bank

यसअघि संसदले यो बजेट अधिवेशन भएकोले सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ताको व्यवस्था नभएको कारण देखाउँदै अविश्वासको प्रस्ताव दर्ताको सूचना पन अस्वीकार गरेको थियो । रासस/पिटीआइ

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ५, २०७५  ०२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC