site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
मदिरा सेवन पछि केही मानिस किन ढल्छन् ?
Sarbottam CementSarbottam Cement

बीबीसी । मदिरा सेवन गरिसकेपछि प्रायःजसो मानिसहरु बहकिने गर्दछन् । केही मानिसहरु बोल्न शुरु गर्छन् भने केही मानिसहरु केही न केही गर्न थाल्छन् ।  कसैले यस्तो काम आफूले जानाजान गरेको भन्छन् भने कसैले मदिराको नशामा भएको फाइदा उठाएर मनको भडास पोख्ने काम गर्दछन् । 

त्यस्तै केही मानिस नशाको मात चढे पछि आफूलाई केही पनि याद नरहने गरेको प्रतिक्रिया दिने गर्दछन् । आमनागरिकका लागि यि कुराहरु सामान्य र मजाक लाग्न सक्छन् तर मनोवैज्ञानिकहरुका लागि यो अनुसन्धानको विषय बनेको छ । 

मदिरा सेवन गरेर बहकिनु अथवा बेहोस हुनु सामान्य कुरो हो । हालै झण्डै २० हजार किशोरमा गरिएको एक सर्भेका अनुसार २० प्रतिशत किशोर मदिरा सेवन पश्चात बेहोस हुने गर्दछन् । अंग्रेजीमा युलाई ‘ब्ल्याकआउट’ भनिन्छ । नशा बढी नै चढेको अवस्थामा मानिसहरु के गर्छन, उनीहरुका साथ के गरिन्छ भन्ने बारेमा केही स्मरण गर्न सक्दैनन् । 

Prabhu Bank
Agni Group
NIC Asia

एक सयमा ६० जना...
अमेरिकाको नेशनल इन्स्टिट्यूट अन अल्कोहल एब्यूज एण्ड एल्कोहलिज्मका प्रोफेसर आरोन ह्वाइटले आजभन्दा १५ वर्ष अघिसम्म यसलाई सामान्य कुराका रुपमा लिइने गरेको बताउनछन् । तर अहिले मदिराले सेवनकर्ताको दिमागमा असर गर्ने र उ बेहोससमेत हुन सक्ने मान्यता स्थापित हुँदै गएको उनको भनाइ छ । 

यसै कारण वैज्ञानिकहरु यसको कारण खोज्ने प्रयासमा जुट्नुका साथै मदिराको नशाले नकारात्मक रुपमा गर्ने कामको असर कम गर्ने बारेमा पनि अनुसनधान शुरु भएको ह्वाइटले बताएका छन् । 

Global Ime bank

‘ब्ल्याकआउट’ को अवस्थामा स्मरण शक्तिमा पर्ने असर र असरको परिणामका बारेमा जानकारी लिन सन् १९६० को दशकमा डोनाल्ड गुडविन नामक एक वैज्ञानिकले केही मदिराका पारखीलाई अस्पतालमा र केहीलाई जब सेन्टरमा भर्ना गरेका थिए । 

अनुसन्धानका क्रममा यस्तो नतिजा आयो .....
१) १०० जनामा ६० भन्दा बढी मदिरा पारखी मदिरा सेवन पछि बेहोस भए । 

२) अनुसन्धानका दौरान केही व्यक्तिको स्मरण शक्ति पूर्ण रुपमा गुम्यो भने केही व्यक्तिले आंशिक रुपमा स्मरण शक्ति गुमाए । 

३) केही व्यक्तिलाई मदिरा सेवन गरे लगत्तै नशा चढ्यो भने केहीमा झण्डै आधा घण्टा पछि मदिरा सेवनको असर देखियो । 

४) मदिरा पिउन शुरु गरेदेखि नशा चढ्दासम्म सोधिएका प्रश्नको जवाफ त दिए तर उनीहरुले होसमा आए पछि कुनै कुराको पनि स्मरण गर्न सकेनन् । 

५) केहीलाई भने लामो समयसम्म सोचेर केही कुराहरु याद आएका थिए । 

हिप्पोक्यापस
आधा शताब्दिभन्दा अगाडि भएको यो अनुसन्धानका आधारमा वैज्ञानिकहरु मदिराको नशामा बेहोस हुँदा मस्तिष्कको ‘हिप्पोक्यापस’ भनिने भाग केही क्षणका लागि बिग्रिने गरेको बताउँछन् । ‘हिप्पोक्यापस’ ले मस्तिष्कमा स्मरणका लागि अनेक जानकारीहरु फाइलका रुपमा एकत्रित गरेर राखेको हुन्छ । 

मदिरा सेवन ‘हिप्पोक्यापस’ सम्म जानकारी पुर्याउने मस्तिष्कका अन्य दुई भाग ‘फ्रन्टल लोब’ र ‘अमेगडाला’ पनि प्रभावित हुने गर्दछन् । ‘फ्रन्टल लोब’ मस्तिष्कको विचार बुद्धि भएको भाग हो भने ‘अमेगडाला’ ले मानिसलाई खतराका बारेमा सतर्क गराउने गर्दछ । 

भोको पेट र सुत्नुभन्दा अगाडि मदिरा सेवन गर्नु बढी घातक मानिन्छ । अल्कोहलको खतरा कति पर्छ भन्ने कुरा त्यसलाई कति छिटो–छिटो सेवन गरिदैछ भन्ने कुरामा निर्भर हुन्छ । 
https://www.bbc.com/hindi/vert-fut-44887874

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ५, २०७५  ०२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC