बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी नागरिकहरुको जाँच गर्ने रूसका राष्ट्रपति भ्लादीमिर पुटिनको प्रस्ताव अस्वीकार गरेका छन् । अमेरिकी न्याय मन्त्रालयका अधिकारीलाई रूसका १२ वान्टेड व्यक्तिहरुसँग सोधपुछ गर्ने अनुमति दिइएपछि पुटिनले गरेको उक्त प्रस्तावलाई ट्रम्पले अस्वीकार गरेका हुन् ।
ह्वाईट हाउसले यसअघि पुटिनको प्रस्तावमाथि विचार विमर्श गरिने बताएपनि पछि ट्रम्पले खारेज गरेको बीबीसीले जनाएको छ । उक्त प्रस्ताव सोमवार ट्रम्प र पुटिनबीच हेलसिन्कीमा सम्पन्न शिखर वार्तामा उठेका मुद्दाहरु मध्येको एक थियो । रूसको उक्त प्रस्ताव पछि अमेरिकी नेताहरुमा आक्रोस देखिएको थियो भने राष्ट्रपति ट्रम्पको कडा आलोचना भइरहेको थियो ।
अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्लादीमिर पुटिन दुबैले आफ्नो भेटवार्ता अत्यन्तै सफल भएको दाबी गरेका छन् । ट्रम्पले लगातार कयौं पल्ट ट्विट गरेर रूसी राष्ट्रपतिका साथ भएको भेटवार्ता अत्यन्तै सफल रहेको र फेरी पनि भेटवार्ता गर्न इच्छुक रहेको जनाएका छन् । पुटिनले पनि यसलाई सफल भेटवार्ता भनेका छन् ।
https://www.bbc.com/hindi/international-44894868