site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

हेटौँडा । प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले कर तथा गैरकर राजश्व परिचालन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५ र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन २०७५ शुक्रबार  प्रमाणीकरण गरेकी छन् । 
 
यसअघि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन सम्बन्धमा व्यवस्था गर्नुपर्ने ऐन २०७५, स्थानीय तहको पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५ र गाउँ, नगर, जिल्लासभा सञ्चालन (कार्यविधि) सम्बन्धी ऐन २०७५, प्रदेशको आकस्मिक कोष व्यवस्थापन गर्न बनेको ऐन २०७५, प्रदेश वित्तीय हस्तान्तरणसम्बन्धी ऐन २०७५ र आर्थिक वर्षको सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५ प्रमाणीकरण गरिएको प्रदेश प्रमुखका स्वकीय सचिव विजयराज बिंडारीले जानकारी दिए । 

यसैबीच प्रदेशसभाको शुक्रबार बिहान ११ बजे बस्ने भनिएको बैठक विशेष कारणवश अर्को सूचना जारी नभएसम्म स्थगन गरिएको प्रदेशसभाका निमित्त सचिव मोहन निरौलाले जानकारी दिए । नेपाली कांग्रेस ३ नं प्रदेशसभा प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले कांग्रेसले चिकित्सा विधेयक प्रतिनिधिसभाबाट पारित नभएसम्म प्रदेशसभाको बैठक अवरुद्ध गर्ने घोषणा गरेका थिए । उनले मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठलाई भेटी प्रदेशसभाको बैठक केही दिन पछाडि सार्ने माग गर्नु भएबमोजिम सभामुखले बैठक स्थगन गरेको बताइएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ४, २०७५  १८:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC