site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अनशनको नाममा अस्थिरता निम्त्याउन खोजे सरकार चुप लागेर बस्दैन् : मन्त्री महासेठ 
Ghorahi CementGhorahi Cement

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले अहिलेपनि यातायात क्षेत्रमा सिण्डिकेट कायम छ भन्ने आरोपमा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् । उनले भने, “अब सिण्डिकेट कहिल्यैपनि नफर्किनेगरि अन्त्य भैसक्यो, सिण्डिकेट चलाउने संघ तथा संस्थाहरु यही श्रावणदेखि बन्द भैसके ।”

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कामा मन्त्री महासेठले भने, “अहिलेपनि यातायात क्षेत्रमा सिण्डिकेट छ भन्ने हल्लामा कुनै सत्यता छैन, सिण्डिकेट चलाउने संघ तथा संस्थाहरुको नविकरण यो साउन १ गतेदेखि बन्द गरिएको छ, संघ तथा संस्था गैरनाफामूलक कानून अन्र्तगर्त जुन कानून अन्र्तगर्त एनजिओ तथा आईएनजिओहरु दर्ता हुन्छन्, त्यो कानून अन्तर्गत हिजो देशभरि जिल्ला प्रशासन कार्यालयमा बस व्यवसायीहरुको संघ÷संस्था दर्ता गरिएको थियो, बास्तवमा बस लगायत यातायात व्यवसाय नाफामूलक नै हो, त्यसैले हामीले यसलाई खारेज गरेर कम्पनी ऐनमा ल्याउनैपर्ने प्रावधान राखेका छौं ।”

Agni Group

मन्त्री महासेठले कम्पनी ऐन अन्तर्गर्त ल्याउनको लागि आफूहरुले निर्देशिका जारी गरिसकेको बताउँदै भने, “सिण्डिकेट आजबाट खारेज गर्ने भनेर बैशाख २३ गते जुन हाम्रो एउटा सम्झौता भयो, त्यसपछि उहाँहरुले यस प्रकारका कुनैपनि क्रियाकलापहरु देखाउनुभएको छैन, हामीले चैत्र १८ गते जुन निर्देशिका जारी गरेका थियौं, त्यसमा केही कमजोरी भएको थियो, त्यो कमिकमजोरीलाई अहिले हामीले हटाएका छौं, चैत्र १८ गते जारी गरेको निर्देशिकामा रुट परमिट पाएका बसहरुलाई हामी नविकरण गर्छौं तर कहिलेसम्म कम्पनीमा दर्ता गर्नुपर्छ भन्ने कुरा उल्लेख थिएन, यसको मतलव उहाँहरुको हकमा कुनै समयसिमा तोकिएको थिएन, तर अब हामीले पूरानो निर्देशिकालाई सच्याएर बढिमा पुस मसान्तसम्म अनिवार्य रुपमा आउनुपर्ने भनेर उहाँहरुलाई पनि कानूनले बाँध्ने काम गरेका छौं।”

आफूले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका विकास निर्माणका वा परियोजनाका निर्णयहरुमध्ये ८५ प्रतिशत परियोजनाहरुलाई निरन्तरता दिएकोपनि उनले जनाए । 

Global Ime bank

फरक प्रसँगमा उनले अनशनरत डाक्टर गोविन्द केसीको मागलाई राजनीतिक विषय बनाउन नहुने धारणा राखे । उनले भने, “डाक्टर केसी अहिले अनशनमा हुनुहुन्छ, उहाँले आफ्ना मागलाई राजनीति माग बनाउनुभएन, तपाई विशुद्ध जुन पेशामा हुनुहुन्छ, हो त्यसमै लिमिट हुनुहोस्।”

अहिलेसम्म डाक्टर केसी १५ औं पटकसम्म अनशन बसेको र उनका मागहरु सरकारले पूरा गरेको पनि उनले जनाए । 

उनले भने, “डाक्टर केसीसँग यसअघिका सबै सरकारले सम्झौता गरेका छन् नि, गगन थापापनि स्वास्थ्यमन्त्री बन्नुभएकै हो, उहाँले किन पूरा गर्नुभएन ? त्यसैले डाक्टर केसीको अनशनलाई राजनीतिक हतियार बनाउन हुँदैन् ।”
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ७, २०७५  ०५:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC