घटना क्रम
काठमाडौं । कलंकी–नागढुंगा सडक निर्माणमा उदासीनता देखाएको भन्दै स्थानीयले सांकेतिक विरोधस्वरुप सडक आफैं बनाउन जुटेका छन् ।
कलंकी–नागढुंगा बाटो निर्माण दवाव समूह चन्द्रागिरिका स्थानियहरूले आइतबार बिहान सडकका खाल्डा पुरेर सरकारको विरोध गरेका हुन् । संघर्ष समितिका सदस्य तथा समितिका संचार संयोजक रोसन दानीले भने ‘हाम्रो सडक हामी बनाउँछौं भनेर दबाबका लागि हामी सडकमा आएका हौं’ ।
अस्तव्यस्त सडककै कारण जाम, दुर्घटना लगायतका समस्या झेल्नुपरेको स्थानीयको गुनासो छ । स्थानीयको प्रदर्शनका कारण केहीबेर राजधानी भित्रिने र बाहिरिने सवारी आवागमन अस्तव्यस्त बन्न पुगेको थियो ।
प्रकाशित मिति: सोमबार, साउन ७, २०७५ ०५:२०
प्रतिक्रिया दिनुहोस्