site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिका– उत्तर कोरियाको विषयमा विश्वासको कमी नै सबैभन्दा ठूलो दुश्मन
Sarbottam CementSarbottam Cement

एजेन्सी । अमेरिकी सेनाका प्रमुखले कोरियाली प्रायद्विपको विषयमा बोल्दै अमेरिका र उत्तर कोरियाबीचको वार्ता निरन्तर अघि बढिरहेपनि यस मुद्दामा ‘भरोसाको कमी’ सबैभन्दा ठूलो दुश्मन बनिरहेको उल्लेख गरेका छन् । सीएनएनका अनुसार आणविक निशस्त्रीकरण र बदलिँदो सम्बन्ध अनि स्थायी शान्ति स्थापनाबारे सकारात्मक छलफल भइरहेपनि विश्वलाई अझै उत्तर कोरियाप्रति पूर्ण विश्वास नरहेकाले यस कार्यमा अवरोध पुगिरहेको उनले बताएका हुन् ।

जारी वार्ताबारे दुई देशबीचको कूटनीतिक सम्बन्धलाई नै भङ्ग पार्ने किसिमले विश्वभर अमेरिकी प्रशासन र ट्रम्पको आलोचना भइरहेको जर्नेल भिन्सेन्ट ब्रुक्सले गुनासो गरेका हुन् । शुक्रबार एस्पेन सेक्युरिटी फोरमसमक्ष बोल्दै भिन्सेन्टले उत्तर कोरियाले २३५ दिनदेखि कुनै अनुचित गतविधिमा संलग्न नभएको बताउँदै यसलाई ठूलो सकारात्मक सुधारका रुपमा लिनुपर्ने उल्लेख गरेका हुन् । गत वर्ष नोभेम्बरमा अमेरिकासम्म पुग्न सक्ने मिसाइलको सफलतापूर्वक परीक्षणदेखि नै उत्तर कोरियाले आणविक गतिविधि अघि बढाएको छैन । यसका साथै गत महिना मात्र अन्तराष्ट्रिय मिडियाका अगाडि उसले आफ्नो महत्वपूर्ण परीक्षण स्थल पनि भत्काएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

यस विषयमा उनले भने, ‘यसरी हरेक पक्षमा सहमति र शान्तिपूर्ण ढङ्गले अघि बढ्न एउटा उपयुक्त वातावरणको आवश्यक हुन्छ तर विश्वासको कमीका कारण सो वातावरण दिन प्रति दिन बिग्रदै गइरहेको छ जसप्रति अमेरिकाले बारम्बार चिन्ता व्यक्त गर्दै आएको छ ।’ त्यसकारण यसरी अधिक दबाबका बावजुद दक्षिण कोरिया, अमेरिका र उत्तर कोरियाले जारी राखेको कूटनीतिक प्रयासलाई समर्थन गर्न जरुरी रहेको उनले बताए । जर्नेल ब्रुक्स दक्षिण कोरियासँगको संयुक्त सैन्य फोर्सका समेत प्रमुख कमान्डर हुन् ।

यसअघि अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ प्योङयोङ भ्रमणमा जाँदा उनी शाषक किमसँग भेटवार्ता गर्न असफल भएका थिए । त्यसबेला उत्तर कोरियाको राष्ट्रिय संचारले अमेरिकाले बलपूर्वक र गुन्डाको मनस्थितिले वार्ता गर्ने प्रयास गरेकाले नै राम्रो निस्कर्ष आउन नसकेको उल्लेख गरेको थियो । यसको जवाफमा पोम्पेओले आफ्ना प्रश्न तथा प्रस्तावहरु गुन्डा प्रवृत्तिको भए पूरै विश्व यसै मनस्थितिमा चलिरहेको प्रस्ट पारेका थिए । यसरी ऐतिहासिक सम्मेलनपछि पुनः एकपटक उत्तर कोरिया र अमेरिकाबीच विवाद सुरु हुनेमा चिन्ता व्यक्त गरिएको थियो ।

Global Ime bank

तर शुक्रबार नै यस विषयमा फेरि सहमति भएको जानकारी दिँदै पोम्पेओले वार्ता पुनः सहि दिशातर्फ अघि बढेको खबर गरेका हुन् । फक्स न्युजसँग बोल्दै उनले भने, ‘उत्तर कोरियाली शाषक किम जोङ उनलाई मजति नजिकबाट अरु कसैले पनि चिनेको छैन । त्यसकारण बाँकी सबैले उनी र उनको देशबारे केबल अन्दाज मात्र लगाइरहेका छन् ।’ यसैले वास्तवमा उत्तर कोरियाले हरेकपटकको भेटवार्तामा निशस्त्रीकरण र शान्ति स्थापनाको प्रतिबद्धता जनाइरहेकाले गलत खबर नफैलाउन उनले आग्रह गरेका हुन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ७, २०७५  ०५:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC