site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकारलाई राप्रपा प्रजातान्त्रिकको कडा चेतावनी
Sarbottam CementSarbottam Cement

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले सरकार अधिनायकवादतफ उन्मुख भएको अरोप लगाएको छ ।  रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गरेर राप्रपा प्रजातान्त्रिकले सरकारलाई सच्चिन आग्रह गरेको छ । 

राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाले चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि अनशन बसेका गोविन्द केसीसँग तत्काल वार्ता गरेर समस्या समाधान गर्न आग्रह गरे । केसीलाई जुम्लाबाट काठमाण्डौ ल्याउने बहानामा अस्पताल क्षेत्रमा गरिएको दमनप्रति राणाले आपत्ति प्रकट गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

“आर्थिक वर्ष २०७५–७६ को सुरुदेखि नै विभिन्न शीर्षकमा कर र राजश्व बढाइएको प्रति राप्रपाले आपत्ति जनाएको छ । संविधानले परिकल्पना गरेको राज्य व्यवस्थातर्फ सरकार उन्मुख हुनुको बदला अत्याचारपूर्वक तबरले तीनै तहको सरकारबाट करको सैद्धान्तिक अवधारणा विपरित करको दर र दायरा वृद्धि गरिएको छ । राजश्वको लक्ष्य पूरा गर्ने नाममा उपभोक्तालाई चेपुवामा पारिएको छ,” राप्रपाको विज्ञप्तिमा लेखिएको छ ।

इन्टरनेटमा १३ प्रतिशत र जन्म दर्ता र मृत्यु दर्ता शुल्क १० रुपैयाँबाट १ हजार रुपैयाँ बनाइएको प्रति राप्रपाले आपत्ति जनाएको छ । 

Global Ime bank

मोबाइल, टेलिफोन, इन्रनेट, खानेपानी, इन्धन लगायतका क्षेत्रमा करको दर र दायरा बढाएर सरकारले जनताको कर तिर्ने क्षमता नबुझेको राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणाको आरोप छ ।  चुलोमा आगो बाल्नै कठिन हुने गरी बजार भाउ बढेको तर सरकारले नियन्त्रण नगरेको भन्दै राप्रपाले ध्यानाकर्षण गराएको छ ।  त्यसैगरी पेट्रोलियम पदार्थमाप्रति लिटर २५ पैसा अतिरिक्त शूल्क असुल्ने निर्णयप्रति पनि राप्रपाले आपत्ति जनाएको छ । 

“घर जग्गा र सम्पत्ति कर चरम रुपमा बढाएर पैतृक सम्पत्तिमा समेत ५प्रतिशत लाभकर तिर्नुपर्ने र जग्गा किनबेचमा दुवै पक्षले थैलीको १२.५ प्रतिशत राजिनामा पारित दस्तुर कर तिर्नुपर्ने बाध्यात्मक व्यवस्था छ । यसले साना किसान, व्यवसायी लगायत विपन्न जनतालाई ठूलो मर्का परेको छ,” राप्रपाको विज्ञप्तिमा लेखिएको छ ।

कर वृद्धिका कदमहरु तत्काल फिर्ता लिँदै जनतालाई महङ्गीको मारबाट बताउन रातहतका कार्यक्रम ल्याउन राप्रपाले सरकारलाई आग्रह गरेको छ । अन्यथा यसबाट उत्पन्न हुने भयाबह दुष्परिणामको जिम्मेवार सरकार सरकार स्वयम हुने चतावनी राप्रपाले दिएको छ । 

“जनआंकक्षा विपरित सरकार लगायत सम्पूर्ण राज्य सत्तालाई नै अधिनायकवादतर्फ उन्मुख गराउने जुन शैली र प्रक्रिया आरम्भ भएको छ त्यसप्रति राप्रपा प्रजातान्त्रिक गम्भीर आपत्ति प्रकट गर्दछ,” राप्रपाले भनेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ७, २०७५  ०६:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC