site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
रुसको ‘हाइपरसोनिक’ मिसाइलबारे गोप्य जानकारी लिक
Sarbottam CementSarbottam Cement

एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्प र भ्लाद्मिर पुटिनबीच भेटवार्ता भएको एक साता पनि नबित्दै रुसले हाइपरसोनिक मिसाइल लगायतका त्यस्ता हतियारहरु सार्वजनिक गरेको छ जसविरुद्ध तत्काल अमेरिका पनि लड्न नसक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । बिहीबार क्रेमलिनको रक्षा मन्त्रालयले गरेको प्रत्यक्ष भिडियो प्रशारणमा असिमित दुरीसम्म प्रहार गर्न सक्ने र आवाजको गतिभन्दा ५ गुना छिटो उड्ने हाइपरसोनिक हवाइ मिसाइल, नयाँ इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल, आणविक शक्तियुक्त भारी परमाणु हतियार बोक्न सक्ने वारहेड लगायतका आधुनिक प्रणालीहरुबारे खुलासा गरेको थियो ।

तर अहिले भने रुसको खुफिया विभाग, फेडेरल सेक्युरिटी सर्बिसले उक्त हाइपरसोनिक मिसाइलसँग सम्बन्धित गोप्य जानकारी पश्चिमी राष्ट्रका जासुसलाई दिइएको शंकामा सरकारी स्पेस एजेन्सी तथा रिसर्च सेन्टर रोस्कोस्मोसमा छापा मारेको छ । यस काण्डमा त्यहिँका कर्मचारीहरुको हात हुन सक्ने विभागको भनाइ छ । यसमा संलग्नमाथि देशद्रोहीको आरोप समेत लाग्ने बताइएको छ । सो घटनालाई क्रेम्लिनका अधिकारीले भने शर्मनाक भएको प्रतिक्रिया दिएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

वास्तवमा भिडियोमा प्रदर्शित अत्याधुनिक हतियारहरु क्रेम्लिनको रक्षा विभागका लागि धेरै महत्वपूर्ण उपलब्धि मानिएको छ । पहिले देखि नै अन्य ठूला देशहरुको तुलनामा असिमित र शक्तिशाली हतियार संकलन गर्दैै आएकाले पनि रुसले यसरी थप हतियार निर्माण गर्नुले प्रतिरक्षा प्रणालीलाई झन बलियो बनाइदिएको बताइएको छ । त्यसकारण पनि पश्चिमसम्म यसको जानकारी पुग्नुले रुसलाई ठूलो नोक्सान पुर्याउन सक्नेमा क्रेम्लिनले गम्भीर चिन्ता व्यक्त गरेको हो । अर्कोतर्फ यसले हतियार निर्माण प्रतिस्पर्धालाई पनि प्रोत्साहन गरिरहेको हुँदा उता युद्धको खतरालाई पनि बेवास्ता गर्न नसकिने विश्लेषकहरुको भनाइ छ । 

उता यसले ट्रम्प र पुटिनबीचको भेटवार्तामा हतियार सम्बन्धी असहमति भएको हुन सक्ने शंका पनि बढाएको छ । गत मार्चमा पनि नयाँ हतियारहरु लन्च गर्दैगर्दा पुटिनले आफ्नो देश हतियार र शक्तिको मामिलामा कहिल्यै पराजित हुन नसक्ने बताएका थिए । त्यस समय रुसले ६ वटा आधुनिक हतियारहरु लन्च गर्दा विशेषगरी अमेरिका, चीन बेलायत लगायतका देशहरुले गम्भीर आपत्ति जनाएका थिए । जानकारी लिक भएको उक्त हाइपरसोनिक हतियार भने आगामी २०२० सम्ममा लडाईका लागि तयार भइसक्ने बताइएको थियो । क्रेम्लिनले सार्वजानिक गरेको नयाँ भिडियोमा भने टुपोलेभ टु–२२ बम्बरले हाइपरसोनिक मिसाइल बोकिरहेको देखिएको थियो । गत वर्ष नै पुटिनले असिमित दुरीसम्म प्रहार गर्न सक्ने आणविक मिसाइलबारे धेरै चर्चा गरिसकेका छन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ७, २०७५  ०६:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC