site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

इस्लामावाद (रासस/एएफपी) । पाकिस्तानमा आसन्न निर्वाचनका उम्मेदवार कै आइतबार हत्या भएको छ ।  मतदानको दिन नजिकिँदै गर्दा पाकिस्तानमा भएका हिंसाका घटनामा परी मृत्यु हुनेक्रममा आइतबार एक जना उम्मेदवारकै मृत्यु भएको हो । 

आइतबार भएको घटनामा परी कम्तीमा एक जना उम्मेदवारसहित दुई जनाको मृत्यु भएको र अरू केही घाइते भएको प्रहरी अधिकारीहरूले बताएका छन् ।   स्थानीय एक प्रहरी अधिकारी मन्जुर अफ्रिदीले दिएको जानकारी अनुसार गान्दापुरका लागि पाकिस्तान तेहरिक इ इन्साफ (पीटीआई)का उम्मेदवार इक्रामुल्लाह खान र उनका चालकको मृत्यु भएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

आत्मघाती हमलामा परी गम्भीर घाइते भएका दुवै जनालाई अस्पतालमा पु¥याएर उपचार गराइरहेको भए पनि उपचार सफल नभएपछि निधन भएको घोषणा गरिएको थियो ।   आक्रमणकारीहरूले गान्दापुरमा चुनावी कार्यक्रममा सहभागी भएका व्यक्तिहरूलाई लक्षित गरी आत्मघाती बम हमला गरेको अफ्रिदीले बताए।

प्रहरीले घटना भएको क्षेत्रमा १३ जना प्रहरीलाई खटाएको भए पनि उनीहरूले प्रहरीलाई खबर नगरी आफ्नै सुरले हिँडेकाले घटना भएको प्रहरी अधिकारीको भनाई छ ।  प्रहरीले यस्ता अप्रिय घटना हुनसक्ने चेतावनी पहिले नै दिएको भए पनि उनीहरूले बेवास्ता गरेको बताइएको छ । आइतबार भएको घटनाका बारेमा अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन । 

Global Ime bank

पाकिस्तानमा यही जुलाई २५ तारिखमा निर्वाचन हुने तय भएको छ र त्यहीअनुसार निर्वाचन प्रचारप्रसार कार्यक्रम तीव्र भइरहेको छ ।  प्रचारप्रसारको तीव्रतासँगै पाकिस्तानमा यस पटकको निर्वाचनका लागि आयोजित कार्यक्रमहरूमा भएका आक्रमणहरूमा परी कम्तीमा १७० जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ७, २०७५  ०६:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC