site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बोेरुसिया डर्टमन्डद्वारा लिभरपुल पराजित
Sarbottam CementSarbottam Cement

एजेन्सी । इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा जर्मन क्लब बोरुसिया डर्टमन्डले इंग्लिस क्लब लिभरपुललाई पराजित गरेको छ । बोरुसियाले लिभरपुललाई ३–१ गोलअन्तरले पराजित गरेको हो ।

सोमबार विहान भएको खेलमा लिभरपुलमाथि बोरुसियाले सहज जित निकालेको हो । सुरुवाती अग्रता भने लिभरपुलले लिएको थियो । खेलको २५ औं मिनेटमा नै गोल गर्दै लिभरपुलले अग्रता बनाएपनि आफ्नो अग्रतालाई कायम गर्न नसक्दा हार्न पुग्यो । लिभरपुलका लागि भिर्गिल भान डिज्कले गोल गर्दै अग्रता दिलाएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो हाफमा १–० गोलअन्तरले पछि परेको बोरुसियाले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै ३ गोल गर्न सफल भयो । खेलको ६६औं मिनेटमा क्रिष्टियन पलिसिकले पेनाल्टीबाट गोल गर्दै अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा एकपछि अर्को आक्रमक खेल खेलेको बोरुसियाले खेलको ८९औं मिनेटमा गोल गर्दै लिभरपुलविरुद्ध २–१ गोलको अग्रता बनाएको थियो । यसबेला पलिसिकले ब्यक्तिगत दोस्रो गोल गरेका थिए । खेलको अन्तिम समयमा जाकोब ब्रुउन लार्सेनले गोल गर्दै बोरुसियालाई ३–१ गोलको जित दिलाएका हुन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ७, २०७५  ०७:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC