site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
यी हुन् विश्वकप २०१८ का उत्कृष्ट १० गोलकर्ता, सर्वोत्कृष्ट गोल बेन्जामिनको  
Sarbottam CementSarbottam Cement

एजेन्सी । जुलाईमा रसियामा सम्पन्न विश्वकप फुटबलको उपाधि फ्रान्सले जित्दा विश्वकपमा केही उत्कृष्ट गोलहरु भए । फिफाले भोटिङको आधारमा सार्वजनिक गरेको उत्कृष्ट १० गोलहरू यसप्रकार रहेका छन् ।

१. बेन्जामिन पाभार्ड, फ्रान्स
\"\"

विश्वकप फुटबल २०१८ को सर्वोत्कृष्ट गोल गर्ने खेलाडी फ्रान्सका बेन्जामिन पाभार्ड घोषित भएका छन् । उनले प्रिक्वाटरफाइनलमा अर्जेन्टिनाविरुद्ध खेलको ५७ औं मिनेटमा गोल गरेका थिए । डिबक्सबाहिरबाट उनले राइट फुटेट सर्ट प्रहार गर्दै गोलमा परिणत गरेका थिए । उनको गोलको मद्दतमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोलअन्तरले पराजित गरेको थियो । बेन्जामिनले फ्रान्सलाई २० वर्षपछि उपाधि दिलाउन महत्वपूर्ण भूमिका निभाएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

२.जुयान क्युन्टेरो, कोलम्बिया

\"\"

Global Ime bank

फिफाले सार्वजनिक गरेको उत्कृष्ट टप टेन गोलको दोस्रो स्थानमा कोलम्बियाका खेलाडी जुयान क्युन्टेरोले गरेको गोल छ । उनले जापानविरुद्ध खेलको ३९औं मिनेटमा गोल गरेका थिए । डिबक्सएरियाको दाहिने साइडको बाहिरबाट फ्रिकिक कोलम्बियाले पाएको थियो । फ्रिकिक प्रहार गर्न कोलम्बियाका मिड्फिल्डर जुयान क्युन्टेरो आए । लेफ्ट फुटेट सट प्रहार गरेका जुयानले फ्रिकिकलाई गोलमा परिणत गर्दै १–१ गोलको अग्रता दिलाएका थिए । यद्यपी जापानसँग कोलम्बिया २–१ गोलअन्तरले पराजित हुन पुगेको थियो ।


३. लुका मोड्रिच, क्रोएसिया
\"\"

रसिया विश्वकपमा उत्कृष्ट गोल गर्ने खेलाडीको सूचीमा क्रोएसियाका कप्तान लुका मोड्रिच तेस्रो स्थानमा छन् । उनले अर्जेन्टिनाविरुद्धको समूह चरणको खेलमा शानदार गोल गरेका थिए । खेलको ८०औं मिनेटमा कप्तान मोड्रिचले करिब २५ याड टाढाबाट राइट फुटेट सट प्रहार गर्दै गोल गरेका थिए । अर्जेन्टिनाका ४ जना डिफेन्डरलाई छक्याएर उनले गोल गर्न सफल भएका थिए ।

यो खेलमा अर्जेन्टिनामाथि क्रोएसियाले ३–० गोलको जित हात पारेको थियो । ऐतिहासिक छलाङ मार्दै फाइनलसम्म पुगेको क्रोएसियाले विश्वकपको उपाधि जित्न भने असफल भयो ।

४. क्रिष्टियानो रोनाल्डो, पोर्चुगल

\"\"

रसिया विश्वकपको उत्कृष्ट १० गोलमा पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोको गोल चौथो नम्बरमा परेकोे छ । रोनाल्डोले समूह चरणको पहिलो खेलमा स्पेनविरुद्ध उत्कृष्ट गोल गरेका थिए । उनले यो खेलमा उत्कृष्ट गोल मात्रै गरेनन् ह्याट्रिक गोल पनि गरे । खेलको ८८औं मिनेटमा पोर्चुगलले डिबक्सभन्दा केही बाहिर फ्रिकिक पायो । फ्रि किक प्रहार गर्न कप्तान रोनाल्डो आफैँ आए । रोनाल्डोले फ्रि किकबाट उत्कृष्ट गोल गर्दै पोर्चुगललाई हारबाट जोगाएभने उनले ह्याट्रिक गोल पनि पूरा गरेका थिए ।

यो खेलमा पोर्चुगल र स्पेनले ३–३ गोलको बराबरी खेलेका थिए ।

५. लियोनल मेस्सी, अर्जेन्टिना
\"\"

विश्व चर्चित खेलाडी तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी रसिया विश्वकपमा असफल बनेपनि उनले एक गोल उत्कृष्ट गरे । जुन गोल रसिया विश्वकपको उत्कृष्ट पाचौँ नम्बरमा छ । उनले समूह चरणको अन्तिम खेलमा नाइजेरियाविरुद्ध खेलको १४औं मिनेटमा गोल गरेका थिए । मैदानको विच भागदेखि पास दिएको बललाई मेस्सीले वान टचमा खेलाउदै अघि बढाएर राइट फुटेट सट प्रहार गर्दै गोल गर्न सफल भए ।

अर्जेन्टिनाले नाइजेरियालाई २–१ गोलअन्तरले पराजित गर्दै विश्वकपको प्रिक्वाटरफाइनलमा पुगेको थियो । तर प्रिक्वाटरफाइनलमा फ्रान्ससँग पराजित हुदै अर्जेन्टिना बाहिरिएको थियो ।

६. डेनिस चेरिशेभ, रसिया

\"\"

रसियाका खेलाडी डेनिस चेरिशेभले क्रोएसियाविरुद्ध गरेको गोल उत्कृष्ट ६ नम्बरमा रहेको छ । उनले खेलको ३१औं मिनेटमा गोल गरेका थिए । उनले चार जना खेलाडीलाई छलेर प्रहार गरेको बल क्रोएसियाका गोलरक्षकले ठम्याउन सकेनन् । उनले गोल गर्दै आयोजक रसियालाई सुरुवाती अग्रता दिलाएका थिए । यद्यपी निर्धारित र थप गरिएको समयसम्म दुबै टिमले २–२ गोलको बराबरी खेलेपछि खेल पेनाल्टीमा धकेलिएको थियो । पेनाल्टीमा क्रोएसियासँग ४–३ ले पराजित हुदै आयोक रसिया विश्वकपबाट बाहिरिएको थियो ।

७. नासर चाड्ली, बेल्जियम
\"\"

नासर चाड्लीले बेल्जियमलाई अन्तिम समयमा गोल गर्दै क्वाटरफाइनलमा पुर्याउन ठूलो भूमिका खेले । उनले गरेको गोल रसिया विश्वकपको टप सेभेनमा परेको छ ।  उनले खेलको अतिरिक्तसमयको केही सेकेन्डबाँकी हुदा गोल गरेका थिए । कर्नर किक हान्दा जापानका सबै खेलाडी बेल्जियमको डिबक्स एरियामा आएका थिए । जापानले प्रहार गरेको कर्नर किक बेल्जियमका गोलरक्षकले सजिलै समातेपछि उनले तत्काल बल रिलिज गरे ।
जापानको डिबक्सभित्र पाएको पासलाई सदुपयोग गर्दै नासरले गोल गर्न सफल भएका थिए ।

८. अहमद मुसा, नाइजेरिया
\"\"

फिफाले सार्वजनिक गरेको उत्कृष्ट टप टेन गोलमध्ये आठौं नम्बरमा नाइजेरियाका फरवार्ड अहमद मुसाको गोल रहेको छ । उनले आइसल्यान्डविरुद्ध २ गोल गरेका थिए । मैदानको मध्य भागबाट दिएको पासलाई मुसाले उत्कृष्ट प्रदर्शन गर्दै गोल गर्न सफल भए । उनले डिफेन्डरलाई छलेर किपरलाई पनि विट गर्दै प्रहार गरेको बल आइसल्यान्डको जाली चुमेको थियो । यो खेलमा नाइजेरियाले आयसल्यान्डलाई २–० गोलले पराजित गरेको थियो ।

९. रिकार्डो क्वाइरेस्मा, पोर्चुगल  

\"\"

पोर्चुगलका रिकार्डो क्वाइरेस्माले इरानविरुद्ध गरेको गोल रसिया विश्वकपको उत्कृष्ट नवौं नम्बरमा परेको छ । उनले खेलको ४५औं मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । उनले डिबक्स बाहिरबाट राइट फुटेट सट प्रहार गर्दै गोल गरेका थिए । यद्यपी पोर्चुगलले इरानविरुद्ध १–१ गोलको बराबरी खेलका थिए ।

१०. टानी क्रुस, जर्मनी
\"\"

टोनी क्रुसले स्वीडेनविरुद्ध गरेको गोल रसियामा सम्पन्न विश्वकप फुटबलको टप टेन नम्बरमा परेको छ । उनले अन्तिम समयमा फ्रिकिकबाट गोल गर्दै जर्मनीलाई जित दिलाएका थिए । जर्मनी र स्वीडेनबीचको खेल बराबरीमा सकिन लागेको थियो । अन्तिम समयमा जर्मनीले स्वीडेन पोष्टको देब्रेपटि फ्रिकिक पायो । फ्रिकिक प्रहार गर्नका लागि मिड्फिल्डर टोनी क्रुस आए ।  मार्को रेउससँगको तालमेलमा उनले उत्कृष्ट गोल गर्दै जर्मनीलाई जित दिलाएका थिए ।


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १३, २०७५  ०५:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC