site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
२०२२ विश्वकपको आयोजक राष्ट्रको छनोटमा कतारले षड्यन्त्र गरेको खुलासा !
Sarbottam CementSarbottam Cement

बीबीसी । कतार २०२२ विश्वकपको टोलीले २०१० मा आयोजक राष्ट्रको औपचारिक छनोट प्रक्रियामा आफ्ना प्रमुख प्रतियोगी अष्ट्रेलिया र अमेरिकालाई हराउन गोप्य अभियान चलाएको खबर सार्वजनिक भएको छ ।

सन्डे टाइम्सले खुलासा गरेको गोप्य डक्युमेन्टमा कतारले न्युयोर्कस्थित अमेरिकी जनसम्पर्क एजेन्सी र खुफिया विभागका पूर्व अधिकारीलाई आफ्ना विरोधी टिमविरुद्ध विभिन्न कार्यमा लगाएको पाइएको छ । यसको प्रमुख उद्देश्य उमेदवार राष्ट्रमा स्थानीय स्तरमा विश्वकपलाई समर्थन नगर्न गलत प्रचार गर्नु रहेको बताइएको छ । कतारले २०१० मा आयोजक राष्ट्रको छनौट प्रक्रियामा अमेरिका, अष्ट्रेलिया, दक्षिण कोरिया र जापानलाई हराएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

यो खबरपछि कतारले फिफाको कानून उल्लंघन गरेकामा नयाँ विवाद सुरु भएको छ । फिफाको नियम अनुसार यस प्रक्रियामा संलग्न कुनैपनि देशले लिखित वा मौखिक रुपमा अन्य उमेदवार राष्ट्रका बारेमा गलत प्रभाव पार्ने खालका नकारात्मक प्रचार गर्न पाइँदैन । लिक भएको डक्युमेन्ट अनुसार कतारले संचालन गरेको गोप्य अभियान अन्र्तगत एक शिक्षकलाई ९ हजार डलरको बदलामा विश्वकपले अमेरिकी अर्थतन्त्रमा नकारात्मक असर पार्नेछ भन्ने गलत प्रचार गरि सो खबर मिडियासम्म पुर्याउन लगाइएको थियो । त्यसैगरी पत्रकार, ब्लगर लगायतका उच्च व्यक्तित्वलाई पनि अमेरिकामा विश्वकप हुनुका नकारात्मक खबर फैलाउने काम दिइएको थियो । 

त्यस्तै अमेरिकी खेलकुद प्रशिक्षकहरुलाई पनि आफ्ना साथीहरुसमक्ष अमेरिकाले विश्वकप आयोजनामा भन्दा खेलकुदका लागि रकम खर्च गर्दा उचित हुने प्रचार गर्न लगाइएको थियो । अष्ट्रेलियामा भने रग्बी खेलाडीहरुमाझ विश्वकप आयोजना विरुद्ध प्रदर्शनका कार्यक्रम आयोजना गरिएको थियो । यति मात्र नभएर विरोधी देशबाट यस प्रक्रियामा संलग्न हुने अधिकारीहरु बारे निजी जानकारी समेत संकलन गरिएको जनाइएको छ ।
https://www.bbc.com/sport/football/44994041

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १४, २०७५  ०५:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC