site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सन् २०३० को विश्वकप आयोजना गर्ने इंग्ल्यान्डको दाबी
Sarbottam CementSarbottam Cement

एजेन्सी । इंग्ल्यान्डले सन् २०३० को विश्वकप फुटबल आयोजना गर्नको लागि आफ्नो दाबी पेश गर्ने भएको छ । इंग्ल्यान्डको फुटबल एसोसिएसन (एफए) ले सन् २०३० को विश्वकप फुटबल आयोजना गर्ने दाबी गरेको हो ।

१२ वर्षपछि हुने विश्वकप आयोजनाको लागि एफएले तयारी समेत सुरु गरिसकेको बीबीसीले उल्लेख गरेको छ । इंग्ल्यान्डले ठूलो प्रतियोगिताको रुपमा पछिल्लो पटक सन् १९९६ को युरोकप आयोजना गरेको थियो । इंग्ल्यान्डले विश्वकप भने सन् १९६६ मा पहिलो पटक आयोजना गरेको थियो । जुन विश्वकप फुटबलको उपाधि इंग्ल्यान्डले नै जित्न सफल भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

एफएका अध्यक्ष ग्रेग क्लार्कले विश्वकपको आयोजनाको लागि दाबी पेस गर्न सहमति भईसकेको बताएका छन् । “सन् २०३० को विश्वकप आयोजना गर्न युईएफएबाट सम्भावित उम्मेदवार बन्न गत महिना नै बोर्ड सहमत भईसकेको छ,” क्लार्कले भनेका छन् ।

सन् २०२२ को विश्वकप फुटबल कतारमा हुँदैछ । त्यस्तै, २०२६ को विश्वकप अमेरिका, मेक्सिको र क्यानडाले गर्ने भईसकेका छन् । सन् २०२६ देखि विश्वकपमा सहभागि राष्ट्र ४८ हुने यसअघि नै विश्व फुटबल महासंघ (फिफा) ले निर्णय गरिसकेको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १७, २०७५  ०७:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC