site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । कोरियामा रहेका नेपाली कामदारका आफन्तले कोरियामै गएर भेट्न पाउने भएका छन् । सोमबार श्रम, रोजगार तथा समाजकल्याण मन्त्री गोकर्ण बिष्ट र कोरियाली राजदुत पार्क योङसिकबीच भएको भेटघाटमा कोरियाली राजदूतले कोमदारको आफन्तलाई कोरियामै गएर भेटघाट गर्न जाने अवसर मिलाइसकेको जानकारी दिएका हुन् ।
राजदूत योङसिकले मन्त्री बिष्टले गरेको आग्रहअनुसार केही कामदारका आफन्तले कोरियामै गएर भेटघाट गरेर पनि आइकेको जानकारी गराए । मन्त्री बिष्टले कोरियन राजदूतलाई कामदारको सम्झौता अवधिभित्र कोरिया मै आफ्ना परिवारका सदस्यलाई भेट्ने व्यवस्था गर्न आग्रह गरेका थिए ।
यसअघि मनत्री विष्टले कोरियामा रहेका नेपाली कामदारर्ला देखा परेको निराशा र आत्महत्याको समस्याको न्यूनिकरण गर्न कामदारको कामदारको भेटघाटको अवसर प्रदान गर्न आग्रह गरेका थिए ।
कोरिया सरकारले उल्लेखित व्यवस्थाका लागि तयारी पनि गरिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
मन्त्री विष्टले यसअघि नेपाली युवाको लागि दक्षिण कोरिया आकर्षक रोजगारीको क्षेत्र रहेकाले कामदारको संख्या थप गर्न राजदुतलाई आग्रह गरेका छन् । मन्त्री विष्टको आग्रह बुझ्दै कोरियाली राजदुतले नेपाली कामदार इमानदार र मिहिनेती भएकाले कामदारको संख्या थप गर्ने साथै सेवा क्षेत्रमा समेत कामदार लैजाने प्रक्रियामा सहयोग गर्ने बताएका छन् ।
यसका साथै कोरिया जाने कामादारलाई त्यहाँको आवस्यकताअनुसार भाषा, शीप विकास गर्न सरोकारवाला मन्त्रालयबीच समन्वय गरेर जाने प्रतिवद्धता व्यक्त गरे । उनले संघीय सरकारको मातहतमा ३ वटा प्रतिष्ठान स्तरको शीप विकास केन्द्रको पुर्वाधार निर्माणमा कोरिया सरकारको सहोगको अपेक्षा गरेका थिए । प्रतिष्ठान स्तरका शीप विकास केन्द्रहरुको पुर्वाधार निर्माणमा कोरिया सरकारबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता योङसिकको छ ।
मन्त्री विष्टले नेपालमा रहने कोरियाली नागरिकलाई नेपाल बस्दा कुनै असुविधा नहुने विषयमा प्रतिवद्धता जनाए ।
सोमबार भएको भेटमा दुईपक्षले बैंकिङ माध्यमबाट विप्रषण स्वदेशमा ल्याउने प्रतिस्पर्धाका माध्यमबाट सुलभ दरमा कामदारहरुलाई हवाई सेवा प्रदान गर्ने विषयमा पनि छलफल गरेको मन्त्रालयले गरेको छ ।
\"\"

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २१, २०७५  १८:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC