site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रहरीको ‘फेक इन्काउन्टर’ ले नेपाल कालोसूचीमा पर्न सक्छ, गृहमन्त्री भन्छन्– छानविन हुन्छ 
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  ११ वर्षीय निशान खड्काको अहपरणपछि हत्यामा संग्लन भनिएका गोपाल तामाङ र अजय तामाङको ‘फेक इन्काउन्टर’बारे संसद्देखि विभिन्न सरोकारवाला निकायले चासो व्यक्त गरेका छन् ।  राष्ट्रिय सभामा यो विषयले प्रवेश पाइसकेको छ भने संसदीय समितिले पनि यो विषयमा छलफल अघि बढाएको छ ।

घरबाटै लगेर पाइलटबाबाको आश्रम जाने जंगलमा मुठभेड भनेर महानगरीय अपराध महाशाखाको टोलीले अन्धाधुन्ध गोली प्रहार गरी हत्या गरेको प्रत्यक्षदर्शीको बयान छ ।  तामाङद्वय बस्ने कोठाका वरिपरी रहेका प्रत्यक्षदर्शी तथा परिवारले पनि यो घटनाको सत्य तथ्य छानविन गरिनुपर्ने बताएका छन् ।

कैयौं प्रत्यक्षदर्शीले प्रहरीले गिरफ्तार गरेर जंगलमा लगेर गोली हानेको बाह्रखरीसँगको कुराकानीमा बताएका छन् । प्रहरीको ‘फेक इन्काउन्टर’ मा मारिएका गोपाल र अजयका आफन्तजनले बुधबार राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी समेत दिइसकेका छन् ।
नेपालको कानुनले नियन्त्रणमा लिएका व्याक्तिलाई गैरन्यायिक ढङ्गबाट मार्ने अधिकार प्रहरीलाई नदिएको भन्दै मानवअधिकारकर्मीले यो छानविनको विषय हुनुपर्ने बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

‘इन्काउन्टर’ भनेको प्रहरीले आफ्नो ज्यान जोखिममा परेको अवस्थामा प्रतिरक्षाका लागि घुँडाभन्दा तलमात्रै गोली हान्ने अधिकार पाएको सुरक्षाविद् बताउँछन् ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी भन्छन, ‘‘इन्काउन्टरमाथि प्रश्न उठ्नु भनेको नै प्रहरी सिस्टमको फेलियर हो । इन्काउन्टर अविश्वसनीय देखिएको छ यसले प्रमाण सबै समाप्त पारेको छ । यो अपराध नै हो । न्यायको सिद्धान्त अन्तर्गत भारतीय सर्वोच्च अदालतले पनि इन्काउन्टर भनेको इन्भेष्टिगेटिभ हुन सक्छ भनेर भनेको छ । नेपालको संविधानले पनि मृत्युदण्ड रोकेको छ ।”

Global Ime bank

उनले प्रहरी सिष्टम विश्वसनीयताको लागि पनि निष्पक्ष हुनुपर्ने बताए । फेक इन्काउन्टर पुष्टि भएमा प्रहरीलाई ज्यान मुद्दा लाग्ने उनको भनाई छ । नेपाल प्रहरीका पूर्व एआइजी राजेन्द्रसिंह भण्डारी ‘इन्काउन्टर’ को अभ्यास नै गलत भएको तर्क गर्छन् । भण्डारीले भने, “प्रहरीले कानुनको पालना गर्ने,गराउने हो, हातमा लिने होइन ।’’ 

अपराधीलाई सफाया नै गर्नुपर्छ भन्ने सेन्टिमेन्टलाई लक्षित गर्दै भण्डारीले भने, “त्यसो भए कानुन किन चाहियो ? जहाँसम्म गोपाल र अजयको इन्काउन्टरको कुरा छ । यसमा प्रमाण नै नष्ट गरियो । ज्युँदै समातिसकेपछि अनुसन्धान गर्ने हो ।’’ 

कानुन हातमा लिएर गरिने नियोजित घटनाले नेपाल प्रहरीको अन्तर्राष्ट्रिय छबि नै बिग्रन सक्ने तर्क गर्दै उनले भने, “भोलि अन्तर्राष्ट्रिय रुपमा नेपाल प्रहरी कालोसूचीमा पर्न सक्छ । प्रहरीले पाउने युएन मिसन लगायतका सूविधाबाट नेपाल वञ्चित हुनसक्छ ।’’ 
उनले घटनाको निश्पक्ष छानबिनको माग गरे । मानअधिकारकर्मी सुवोध प्याकुरेल प्रहरी इन्काउन्टरको निश्पक्ष छानविन हुनुपर्ने बताउँछन् । 

सार्वजनिक रुपमा इन्काउन्टरबारे गम्भीर विषय आइसक्दा पनि राज्यका निकायले मौनता साँधेर बस्नु दुर्भाग्यपूर्ण भएको उनको प्रतिक्रिया छ । उनले प्रारम्भिक जानकारीबाट र घटनाको प्रकृति हेर्दा अजय र गोपालको नियोजित हत्या भएको बताए ।  प्याकुरेलका अनुसार घटनाको अध्ययनका लागि इन्सेकको नेतृत्वमा क्योक्याप, एडभोकेसी फोरम, इन्हुरेड इन्टरनेशनल लगायतका मानवअधिकारवादी संस्थाहरुले संयुक्त रुपमा घटनाको अध्ययन गर्न लागेको बताए । 

“यो लोकतन्त्रमाथिकै खतरा हो । प्रहरीले चालेको कदम दूर्भाग्यपूर्ण छ,” अधिकारकर्मी प्याकुरेलले भने ।  महानगरीय प्रहरी कार्यालयका डीआइजी मनोज नेउपानेले भने दुवैजना प्रहरीसँगको मुठभेडमा मारिएको बताए ।
बाह्रखरीसँग कुरा गर्दै उनले भने, “अजय र गोपाल दुवै मुठभेडमा मारिएका हुन्,मिडियाको कुरामा बोल्न चाहन्न ।’’ 

यसैबीच गृहमन्त्री रामबहादुर थापाले निशान खड्का अपहरणमा संलग्न गोपाल र अजय तामाङको इन्काउन्टरबारे अनुसन्धान गर्ने बताएका छन् । राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री थापाले बिहीबार भने, “सरकारको आधिकारिक धारणा बाहिर आइसकेको छ तर पनि छानविन गरेर स्पष्ट पार्छौ ।”

सोमबार महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको काडाँघारीमा बस्दै आएका ११ वर्षीय निशान खड्काको अपरहणमा संग्लन भएको भन्दै ठिमीस्थित डेराबाटै लगेर पाइलटबाबाको आश्रम जाने जंगलमा गोपाल र अजयमाथि गोली हानेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २४, २०७५  १४:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC