site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
काठमाडौंका मेयरलाई मानुषीको सुझाव– स्मार्ट सिटी बनाउन स्मार्ट बन्नुस्
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नयाँ शक्ति पार्टी नेपाल काठमाडौं जिल्ला समन्वय समितिले काठमाडौंं महानगरलाई सूचना माग गर्दै पत्र बुझाएको छ । काठमाडौं महानगरपालिकाको कार्यालयमा पार्टीको जिल्ला समन्वय समितिले सूचनाको माग गर्दै महानगर प्रमुख विद्यासुन्दर शाक्यलाई पत्र बुझाएको हो ।
पत्र बुझाउँदै काठमाडौं जिल्ला समन्वय समितिकी संयोजक मानुषी यमी भट्टराईले सरकार र महानगरबारेमा टिका टिप्पणी हुनु दुखद् भएको भन्दै मेयर शाक्यलाई आलोचित नहुन आग्रह गरिन् ।
“हामीले अहिले नयाँ आर्थिक वर्षमा छौं,” संयोजक मानुषीले भनिन्, “हामीले पारदर्शीताको कुरा गरिरहेका छौं । पारदर्शी भएर अगाडि बढ्नुपर्दछ । जनताले धेरै आलोचना गरिहेका छन् । हाम्रो सरकार र प्रमुखलाई हामी सहयोग गर्न चाहन्छौं । मेयरजीले स्मार्ट सिटीको कुरा उठाउनु भएको छ । स्मार्ट सिटी बनाउनको लागि व्यक्ति पनि स्मार्ट बन्नुपर्छ ।”
उनले महानगरको कामलाई आफूहरुले सदैव सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरिन् । मानुषीले महानगरको सूचना नदिँदा जनताले दुःख पाइरहेको समेत उनले बताइन् ।
पार्टीकी काठमाडौं महानगर समिति संयोजक शोभा बज्राचार्यले प्रमुख शाक्यलाई काठमाडौं महानगरले २१, २२, २६, र ३२ वडाका स्थानीयलाई विभेद गरेको गुनासो सुनाइन् ।
पत्र बुझ्दै प्रमुख शाक्यले नयाँ शक्तिको सुझावलाई सकारात्मक रुपमा ग्रहण गर्दै महानगरबासीको समस्या सामाधान गर्न आफू सधै लाग्ने बताए । उनले राजपत्र प्रकाशित भएपछि सबै सूचनाहरु महानगरबासीलाई जानकारी गराउने समेत बताए ।
पार्टीले बुझाएको पत्रमा  महानगरपालिका अन्र्तगत सम्पूर्ण विभाग, वडा, महाशाखा, आयोजना, इकाई, कार्यक्रमहरुको आर्थिक वर्ष २०७४–७५को महागर परिषदबाट पारित बजेट शीर्षकको आय व्ययको पूर्ण विवरण माग गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०७५  १३:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC