साहित्य
काठमाडौं । सुगम संगीतमा स्थापित गायक रामभक्त जोजिजू आफ्नो नयाँ गीतको म्युजिक भिडियो लिएर दर्शक तथा स्रोतामाझ आएका छन् । ‘मनको ढोका...’ बोलको उक्त गीतमा गीतकार तथा संगीतकार रक्ष गुरुङको शब्द तथा संगीत सुन्न सकिन्छ । गीतमा महाराज थापाको संगीत संयोजन गरेका छन् ।
निकेश खड्का निर्देशित उक्त म्युजिक भिडियोमा गायक जोजिजूले पहिलो पटक मोडलको रुपमा अभिनय गरेका छन् । उनको अपोजिटमा अभिनेत्री वर्षा राउतले अभिनय गरेकी छन् ।
राजिव समरको कोरियोग्राफी रहेको भिडियो ज्ञानेन्द्र शर्माले छायांकन गरेका छन् । भिडियोलाई विकाश धमलाले सम्पादन गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०७५ १३:५८
प्रतिक्रिया दिनुहोस्