साहित्य
काठमाडौं । गायक डिल्ली फोम्बोले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘रातकी रानी...’ बोलको गीतको शब्द तथा संगीत महेन्द्र राई र डिल्ली आँफैले गरेका छन् ।
साना छिरिङ गुरुङ फिचर्ड भिडियोको सिनेमेटोग्राफी ब्रायन राईले गरेका छन् भने भिडियो सम्पादन विनय कंशाकारले गरेका छन् ।
भिडियो निर्देशन नरेन लिम्बूले गरेका हुन् । गायक फोम्बो पछिल्लो समय द बेमोक्स ब्याण्डसँग आबद्ध छन् । उनी धरानमा बसेर सांगीतिक क्षेत्रमा सक्रिय छन् ।
प्रकाशित मिति: शनिबार, साउन २६, २०७५ १३:०८
प्रतिक्रिया दिनुहोस्