site stats
बाह्रखरी :: Baahrakhari
पुनर्निर्माण
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

बनेपा । भूकम्पले भत्किएको घर पुनःनिर्माण शुरु गरी दोस्रो किस्ताका लागि फारम भर्न जाँदा वडा कार्यालयमा खटिएका प्राविधिकले म्याद सकियो भनी फर्काएको पीडितले गुनासो गरेका छन् । 

बनेपा नगरपालिका–१३ बुढाथोकी गाउँकी मीठु बुढाथोकी पहिलो किस्ताले जग निर्माण गरी दोस्रो किस्ताको फारम भर्न एक साताअघि वडा कार्यालय पुगिन् । वडा कार्यालयमै खटिएका सहायक इञ्जिनियर प्रवीणकुमार यादवले म्याद सकियो भनेपछि आफू फर्किएको उनले बताइन् ।  

Prabhu Bank
Agni Group
NIC Asia

इञ्जिनियर यादवले दोस्रो किस्ताको फारम नभर्नु भन्ने खबर माथिबाट आएकाले नभरिएको जानकारी गराए ।  गत असार मसान्तसम्म दोस्रो किस्ता लिइसक्नुपर्ने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको गत चैतको बैठकले गरेको थियो । 

प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृतको पद रिक्त भएको एक महिना बितिसक्दा पनि नियुक्त नगरिएकाले म्याद थप गर्ने निर्णय हुनसकेको छैन । वडाध्यक्ष सूर्यनारायण नापित प्राधिकरणको निर्णय वडासम्म नआउँदा कार्यालय नै के गर्ने भन्ने अन्योलमा रहेको बताउँछन् । पीडित वडा कार्यालयमा सम्पर्क गर्न आउने भए पनि वडासँगै जानकारी नहुने गरेको उनले सुनाए । प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले भने काम जारी राख्न निर्देशन दिइसकिएको बताउँछन् । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २६, २०७५  १४:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC