site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रहरी अधिकृतबीचको अस्वस्थ प्रतिस्पर्धा पत्रपत्रिकामा छरपस्ट
Ghorahi CementGhorahi Cement

नेपाल प्रहरीमा उपल्लो दर्जामा पुग्न अनेकौैं किसिमका गलत चलखेल हुनेगरेको समाचार विगतमा पनि प्रशस्तै देखिएको हो । एसपी र एसएसपी तहदेखि बढुवामा माथिल्लो पाँच नम्बरसम्म रहने प्रहरी अधिकृत यस्तो खेलमा बढी लाग्नेगरेको मानिन्छ । यस्तै अस्वस्थ प्रतिस्पर्धा यसपटक काठमाडौं प्रहरी परिसरका एसएसपी विश्वराज पोखरेल तथा अपराध अनुसन्धान महाशाखाका एसएसपी धीरज प्रताप सिंहका बीच देखिएको छ । 

एसएसपीबाट डीआईजी हुँदा पहिलो नम्बरमा परेर भविष्यमा आईजीपी हुने सपना राख्ने प्रहरी अधिकृत कसरी गलत कार्य गर्न पछि पर्दैनन् र यसमा पत्रपत्रिकालाई कसरी प्रयोग गर्छन् भन्ने उदाहरण काँडाघारीका एक बालकको अपहरण तथा हत्या र त्यसमा संलग्न अपराधीको ‘फेक इन्काउन्टर’बाट पुष्टि भएको छ । 

गत आइतवार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक रहेको काँडाघारीबाट एक बालकको अपहरण भयो । अपहरणमा पर्ने निशान खड्का स्थानीय स्कुलमा कक्षा ६ मा अध्ययनरत थिए । 

Agni Group

उनकी आमा चमेली खड्का त्यही स्थानमा चिया पसल गरेर बसेकी छिन् भने बुवा रोजगारीका लागि मलेसिया गएका छन् । साँझ छोरा घर नआएपछि आत्तिएकी आमालाई नौ बजेतिर फोन आयो – ‘‘तिम्रो छोरा हाम्रो कब्जामा छ, ४० लाख रुपैयाँ तयार राख्नू’’ भन्ने ।त्यसपछि प्रहरी तुरुन्तै सक्रिय भयो र सोमवार बिहानै ठिमीमा डेरा गरेर बसेका गोपाल तामाङ तथा अजय तामाङलाई गिरफ्तार गर्न सफल भयो । तर, कब्जामा परेको बच्चालाई अपहरणकारीले मारिसकेका थिए । 

मंगलवारको सबै पत्रिकामा अपहरणपछि बालकको हत्या भन्ने समाचार प्रकाशित भयो । त्यसपछिको अर्को समाचार थियो, प्रहरीको इन्काउन्टरमा परी दुई अपहरणकारी मारिए । तर, नयाँ पत्रिकाले यस विषयमा फरक समाचार प्रकाशित गर्‍यो । नयाँ पत्रिकाले लेख्यो – यस घटनामा अपहरणकारीमात्र होइन प्रमाणसमेत मारिएको छ । सो पत्रिकाले यो इन्काउन्टर प्रायोजित भएको र यसबाट अपराधको उद्देश्य छोपिएको समाचार बनाएको थियो । साथै अपराध अनुसन्धान महाशाखामा हरेकपल्ट नयाँ हाकिम आउनासाथ कम्तीमा एक इन्काउन्टर हुन्छ भन्ने समाचार प्रकाशित गर्दै कुन कुन एसएसपीको पालामा के के भएको थियो भन्ने समाचार पनि प्रकाशित गर्‍यो । 

Global Ime bank

यसै समाचारका विषयमा कान्तिपुरले पनि लेख्यो – समयमै परिचालित भए पनि प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध अनुसन्धान महाशाखाबीच समन्वय हुन नसक्दा खोजतलास सफल हुन सकेन । 

मंगलवार दिनभर फेक इन्काउन्टरको विषयमा अनेकौं चर्चा भयो । तर, महाशाखाले अर्को विषयमा पत्रकारको ध्यान मोडिदियो । महानगरीय प्रहरी परिसरका एसएसपीले अपहरणकारीलाई आफैँले मेसेज पठाएको कुरा महाशाखाले पत्रकारलाई चुहाइदियो । सो मेसेजमा भनिएको थियो – ‘‘बच्चा तुरुन्त छाडिदे नत्र तँ सकिन्छस् ।’’ यसपछि सो मोबाइल स्विच अफ भएको बताइएको छ । 

मंगलवार फेक इन्काउन्टरको समाचारलाई मुख्य बनाएको नयाँ पत्रिका अचानक मेसेजको विषयमा मोडियो । मेसेजको कुरा अन्नपूर्ण पोस्टले पनि महत्त्वका साथ उठायो । पोस्टले लेख्यो – ‘प्रहरीकै म्यासेजले क्षति’ । तर योसँगै ‘फेक इन्काउन्टर’ को समाचारलाई अन्य पत्रिकाले छाडेनन् । कान्तिपुरले ६ कोलमको ब्यानर समाचार बनायो – ‘मुठभेड नै शंकास्पद ।’ त्यस्तै नागरिकले करिब चार कोलमको मुख्य समाचार बनायो – ‘शंकाको घेरामा ‘इन्काउन्टर’ ।’ यी दुई प्रकारका समाचारले प्रहरी संगठनकै दुई निकाय परिसर तथा महाशाखा प्रमुखहरूको स्वार्थलाई सघायो । शंकास्पद मुठभेडको समाचारले महाशाखाका एसएसपी धीरजप्रताप सिंहको इन्काउन्टर गरेर काम देखाउन खोज्ने गलत नियत देखियो भने अपहरणकारीलाई मेसेज पठाएर काठमाडौं प्रहरी परिसरका विश्वराज पोखरेलले पनि अलि हतारिएर मूर्खतापूर्ण काम गरेको देखियो । 

बुधबारको दैनिक पत्रिकाले यस विषयमा सम्पादकीय पनि लेखे । नयाँ पत्रिकाले लेख्यो, ‘आइतबार साँझ अपहरणमा परेका बालक खड्काको अवस्थाबारे समयमै पत्ता लगाउन र उनलाई बचाउन नसकेको प्रहरीले अपहरणकारी (हत्यारा) पत्ता लगाएर कारबाहीका लागि सम्बन्धित निकायमा लगेर बुझाउनुको साटो ११ किलोमिटर पर जंगलमा लगी इन्काउन्टरका नामा हत्या भएको त होइन, (भन्ने) गम्भीर प्रश्न खडा भएको छ ।’ सो पत्रिका लेख्छ, अपराधीको समेत सुरक्षा जिम्मेवारी लिएको प्रहरीले नियन्त्रणमा आइसकेपछि इन्काउन्टरका नामा कसैको हत्या गर्छ भने त्यो स्वीकार्य हुन सक्तैन । 

कान्तिपुरले सम्पादकीयमा लेखेको छ – ‘‘मुठभेड आफैँमा निकृष्ट गैरकानुनी हतियार हो जसलाई निरुत्साहित गर्न नसके प्रहरीबाट समाज सुरक्षित हुनेभन्दा नहुनेतर्फ वातावरण बन्नेछ ।’’ कान्तिपुरले थप लेखेको छ – बालक अपहरण, फिरौती र हत्याजस्तो जघन्य अपराधको अनुसन्धान र उद्धार गर्न सक्षम हुनुपर्ने राजधानीका प्रहरी निकायबीच आपसी समन्वयको अभावसमेत देखिएको छ । यसले संगठनभित्र कस्तो प्रवृत्ति हुर्किएको छ भन्ने दर्शाउँछ । कतै मुठभेडका लागि प्रहरी अधिकृतहरू आफै तम्सिने होड त गर्दैनन् भन्ने प्रश्न आफैँमा संगीन छ ।

नागरिक दैनिकले भने यो घटनामा भएको भनिएको मुठभेड गलत हो भनेर सशक्त ढंगले भन्नसकेको छैन । अपहरण र हत्याका घटना हामीकहाँ नियमितजस्तो भइरहेको र यसको मुख्य कारण नैतिक पतन भएको सो पत्रिकाको ठहर देखिन्छ । अन्नपूर्ण पोस्टले यस्तो घटनाका लागि राज्य र प्रशासनको दोष देखाउँदै संदिग्धको ‘इन्काउन्टर’ अपराध शृंखलाको नियन्त्रण होइन भनेको छ । हिमालय टाइम्सले यही विषयमा बिहीवार सम्पादकीय लेखेको छ । टाइम्स देख्छ – ‘‘प्रहरीले भनेको यो मुठभेडमा शंका उत्पन्न भएको छ । प्रहरीले समातेर मारेको भन्ने घटना विवरण समाचारमा आएका छन् । मुठभेडमा मारिए भन्ने विज्ञप्ति जारी गर्नुबाहेक प्रहरीले शंका निवारणको अन्य कुनै प्रयास गरेको छैन ।’’

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २७, २०७५  ०६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC