site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नर्सिङ छोडे पाप लाग्छ, गायन छोड्नै सक्तिन
Sarbottam CementSarbottam Cement

सरिता प्रजापती पेशाले नर्स हुन् । उनको परिवार धान्ने आम्दानीको स्रोत पनि नर्सिङ नै हो । तर उनी नर्सिङसँगै गायनमा पनि सक्रिय छिन् । भक्तपुरकी सरिता आधुनिकदेखि पपगीत सम्म गाउँछिन् । वि.सं. २०६७ सालमा पहिलो पटक ‘सुनिधी’ नामक गीति एल्बम निकालेकी उनले त्यसयता ५० भन्दा धेरै गीतमा आफ्नो स्वर भरिसकेकी छन् । हिँड्दा हिँड्दै..., सम्झनालाई जाले रुमाल..., ढाका टोपी... लगायतका गीत गाउने उनै सरितासँग बाह्रखरीले गरेको छोटो कुराकानीः
० ० ०
कसरी सांगीतिक क्षेत्रमा प्रवेश गर्नुभयो ?
हाम्रो घरमा रेडियो नेपाल बजिरहन्थ्यो । त्यसमा गीतहरु बजेको सुन्थें म । घरमा बुबा भजन सुनिरहनुहुन्थ्यो । उहाँ भजन गुनगुनाउनु पनि हुन्थ्यो । त्यो बेला नारायण गोपाल अरुणा लामाका गीत मन पर्थे । राम थापाका लोक लयका गीत मलाई झनै आकर्षित गरेका थिए । उहाँका सुका पैसामा..., कटर कटरमा... मलाई खुब मनपथ्र्यो । 

गीतचाहिँ लोक र आधुनिक गीत मन पराउने तपाईं पप गीत गाउनुहहुन्छ नि किन ?
अहिले पनि मलाई आधुनिक तथा लोक गीत मनपर्छ । तर अहिलेको ट्रेन्ड र पुस्तालाई लक्षित गरेर गाउँदा पनि पप गीत गाएको हुँ । गुरुहरुले मेरो भोकलमा पनि पप गीत नै सुहाउँछ भनेकाले पनि पप गीत गाएकी हुँ । 

बजारमुखी बढी हुनुभएछ, बजारले आर्टलाई अन्याय गर्दैन ?
०६७ (सुनिधी) मा एल्बम निकाल्दा त्यसमा आधुनिक र पप दुबै प्याटर्नका गत थिए । स्टेज कार्यक्रममा जाँदा मैले सामान्य डान्सिङ नम्बर गाउँदा दर्शक झुम्नुभयो । त्यसपछि मलाई मेरो गुरुहरुले पनि तिमीलाई पप गीत नै ठिक हुनेरहेछ भन्नुभयो । त्यसैले जुरेको भन्छु ।

Prabhu Bank
Agni Group
NIC Asia

महिला त्यो पनि विवाहपछि सांगीतिक क्षेत्रमा प्रवेश गर्न र टिकीरहन कत्तिको सहज छ ?
सांगीतिक क्षेत्रमा मेरो सक्रिय प्रवेश विवाहपछि नै हो । विवाहपछि पनि बच्चा जन्मिसकेपछि हो । गाह्रो पक्कै पनि छ तर गाह्रो साह्रोको बीचमा पनि संघर्ष गरेर पाएको सफलता पो सफलता, सहजै प्राप्त गरेको उपलब्धीको त के महत्व हुन्छ र ? अहिले परिवारको जिम्मेवारीमा त छँदैछ साथै नर्सिङ पेशामा पनि आबद्ध छु, त्यसैले समय व्यवस्थापन गर्न चाहिँ कठिन छ । तर पनि म गायनलाई छोड्न सक्तिन । 

अन्य पेशा छाडेर मनले खाएको गायन क्षेत्रमा लाग्ने अवस्था छैन ?
त्यो चाहिँ मैले रिक्स लिन नचाहेको । मैले नर्सिङ छोडेर गायनमा मात्रै रहेर पनि बाँच्न त सकिन्छ किन भने मलाई स्वरले पनि साथ दिएको छ । तर, नर्सिङ पेशा पनि राम्रो पेशा हो । यो छोडेँ भने मलाई पाप लाग्छ । विरामीको सेवा गर्न पाइन्छ । यो बीचमा मैले विरामीबाट पाएको हौसला र परिवार तथा आफन्तको सहयोगलाई लत्याउन पनि सक्तिन । र, सुरुमा मलाई बाँच्ने आधार दिएको नर्सिङलाई मैले छोड्न पनि सकिन । 

Global Ime bank

गीत गाएर जिवीकोपार्जन गर्न गाह्रो छ भनेर नर्सिङ पेशा छाड्न नसक्नु भएको हो कि ?
गाह्रो नै छ संगीतलाई मात्रै पेशा बनाएर बाँच्न पनि । एक्कासी गीत चल्यो र स्टेज कार्यक्रम पायो भने त सकिन्छ । तर, कार्यक्रम पाइन्छ भन्ने पनि छैन । सम्बन्धले पनि प्रभाव पार्छ । आज नेपालमा मौलाएको समुदाय र जातजातीका कुराले पनि यसमा असर पारिरहेको छ । 

मौलिक गीतसंगीत ओझेलमा परे भन्ने गुनासो आइरहेको छ नि, किा आयो यस्तो अवस्था ?
हो, व्यावसायिकताका नाममा अस्वाभाविक र अनावश्यक ग्ल्यामर पस्किने क्रम बढेर गएको छ । मौलिक गीतसंगीत सुन्ने स्रोताहरु ठगिरहनु भएको छ । होला मैले पनि कति गर्न सकें या सकिन त्यो समीक्षाको विषय होला, तर पनि यसमा दृढ छु । 

पछिल्लो समय किन सिंगल ट्रयाक मात्रै निकाल्छन् गायक गायिकाहरु ?
गीत अब सुन्ने मात्रै रहेन, हेर्ने पनि भयो । गीत गायर मात्रै भएर त्यसको भिडियो पनि चाहियो युट्युबमा राख्नका लागि । पहिला जस्तो ७–८ वटा गीत गाएर ति सबै गीतको भिडियो बनाउन सकिने अवस्थाले पनि सिंगल ट्रयाकको जमाना आएको हो । लगानीका हिसावले उस्तै हो । सिंगल ट्रयाका र पहिलाको क्यसेटमा ७–८ वटा गीत रेकर्ड गर्नू । 

पछिल्लो समय गीतको गुणस्तर खस्कियो, स्वर्णीम युगका गीतसँग तुलना गर्न योग्य गीत नै आएनन् भन्ने गुनासो छ, यसमा सत्यता छ ?
अहिले पनि थुप्रै स्वर्णीम युगका गायक गायिकाको उचाइमा पुग्ने क्षमताका गायक गायिका हुनुहुन्छ । नाम लिँदा अन्याय हुन्छ होला तर पनि अञ्जु पन्तको नाम लिन्छु म । उहाँका गीत त्यो उचाईमा पुगे जस्तो लाग्छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २७, २०७५  १२:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC