site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सामाजिक सञ्जालबाट किन हट्दैछन् प्रयोगकर्ता ?  फेसबुक, ट्वीटरपछि स्न्यापच्याटमा पनि घट्दै 
Ghorahi CementGhorahi Cement

एजेन्सी । फेसबुक र ट्वीटरपछि स्न्यापच्याट पनि घट्दो प्रयोगकर्ताको अर्को आश्चर्यजनक शिकार बनेको छ । आकर्षक फोटो फिल्टरसहित केहीबेरमै हराउने म्यासेजका लागि युवा पुस्तामाझ कुनै समय अत्यन्तै लोकप्रिय मानिएको  स्न्यापच्याट प्रयोगकर्ताको सङ्ख्या गत तीन महिनामा मात्र १९ करोडबाट १८ करोडमा झरेको हो । 

वास्तवमा हालै यसमा ल्याइएका नयाँ फिचर र अन्य बदलावहरुका कारण यसप्रति ठूलो असन्तुष्टि जनाइएको थियो । यहाँसम्मकी १० लाख भन्दा बढी मानिसहरुले यसमा ल्याइएका नयाँ परिवर्तनलाई फिर्ता लिइ पहिलेकै जस्तो स्न्यापच्याट बनाउन औपचारिक आवेदन समेत दिएका थिए । नयाँ फिचरहरु दिक्कलाग्दो भएको बताउँदै ईन्टरनेटमा सबै यसको धेरै विरोध भएको थियो । यसका साथै पछिल्लो समय यसले फेसबुकको अर्को एप इन्स्टाग्रामसँग पनि उत्तिकै प्रतिस्पर्धा गर्नुपरिरहेको छ ।

Agni Group

यसरी सामाजिक संजालमा विशेषगरी युवाहरुलाई उत्साहित राखिरहने कार्य दिन प्रति दिन चुनौतिपूर्ण बन्दै गइरहेको द गार्जियनले बताएको छ । अघिल्लो वर्ष मात्र चर्चित हलिउड सेलिब्रेटी काइली जेनरले ट्वीटरमा आफ्ना १ करोड ५० लाख फलोअरलाई प्रश्न गर्दै ‘अरु पनि कोही छ स्न्यापच्याट नचलाउने कि म मात्र हो ? यो एकदम दुःखको कुरा हो’ भन्दै ट्वीट गरेकी थिइन् । यसले पनि कुनैसमय युवा पुस्ताको सबैभन्दा मनपर्ने संजालका रुपमा रहेको स्न्यापच्याटबाट अब सबैको ध्यान हट्दै गइरहेको संकेत गरेको हो । 

हरेक वर्ष युवाहरुका लागि स्न्यापच्याटबाहेक अरु नै रमाईला कुराहरु आइरहेको हुनाले पनि यसको सफलता कायम राख्न कठिन भइरहेको डिजिटल मिडियाका प्रमुख जोसेफ बताउँछन् । त्यसैकारण धेरै लामो समयसम्म प्रयोगकर्तालाई एउटै कुरामा केन्द्रित गराइरहन गाह«ो हुन्छ भन्ने अहिले स्न्यापच्याटले पनि बुझ्दै गएको उनले बताएका हुन् । 

Global Ime bank

उनले भने, ‘काइली जेनर जस्तो युवाहरुमाझ अत्याधिक लोकप्रिय सेलिब्रेटीले नै त्यस प्रकारको पोस्ट गरेपछि स्न्यापच्याटका लागि त्यो झनै नोक्सानदायक साबित हुनु स्वभाविक कुरा हो तर वास्तवमा उनले त्यस प्रकारले प्रचार गर्नु कुनैपनि ढङ्गमा उचित भने होइन ।’

सबैभन्दा पहिले यसको शिकार भएको फेसबुकले पछिल्लो समय विभिन्न काण्डका कारण करोडौँ प्रयोगकर्ता र बजार मूल्य समेत एक झट्कामै गुमाउनु परेको थियो । एकैपटकमा खर्बौं मूल्यले तल झरेर फेसबुकले इतिहासकै ठूलो गिरावट्को सामना गर्नुपरेपछि कम्पनी अहिले धेरै निरुत्साहित भइसकेको छ र अघि बढ्न विभिन्न नयाँ उपायको खोजीमा लागिरहेको बताइन्छ । अहिले फेसबुकमा सबैभन्दा सक्रिय रहने उमेर समूहमा वृद्धि भइरहँदा युवाहरु भने यसबाट टाढिन थालेका हुन् । तरपनि फेसबुकले नै निर्माण गरेको अर्को एप इन्स्टाग्राम हाल सबैको पहिलो रोजाइमा पर्न सफल भइरहेको हुँदा त्यसले पनि कम्पनीलाई केही राहत दिइरहेको बताइएको छ । त्यसैले फेसबुक पछि पर्दै गएपनि कम्पनीले इन्स्टाग्रामबाट सफल भविष्यको अपेक्षा गरिरहेको हो । 

त्यसैगरी अर्कोतर्फ ट्वीटरको अवस्था पनि उत्तिकै भयानक बन्दै गइरहेको छ । यसको शेयर पनि गत महिना एक चौथाई भन्दा बढीले घट्न पुगेको थियो । ट्वीटरले फेक अकाउन्ट लगायत विरोधावास कमेन्ट र अकाउन्टहरु डिलिट गर्न थालेदेखि नै कम्पनीमा अहिले विश्वव्यापी रुपमा ३३ करोड ५० लाख प्रयोगकर्ता मात्र बाँकी रहेको बताइएको छ । विशेषगरी ट्रोल बनाउने प्रवृत्तिका कारण ट्वीटरको गुणस्तर घट्न पुग्दा यसमा रमाउने मानिसहरुको सङ्ख्या आगामी दिनहरुमा अझ कम हुँदै जाने बताइएको हो । ट्वीटरले एक दिनमा मात्र १० लाख फेक अकाउन्टहरु अहिले डिलिट गरिरहेको बताइन्छ । यसैकारण ट्वीटरले अब कहिल्यै अर्बौँ प्रयोगकर्ताहरु प्राप्त गर्न नसक्ने बताइएको हो । तरपनि अहिले जतिको प्रयोगकर्ताबाट नै ट्वीटरले ठीकैको व्यापार गर्न सकिरहेको बताइन्छ ।

यिनैकारण अहिले विश्वको आधा जनसङ्ख्याले मात्र नियमित सामाजिक संजाल चलाइरहेको तथ्याङ्कले देखाएको छ । सामाजिक संजालबाट प्रयोगकर्ताहरुलाई धेरै ठूलो अपेक्षा भएकाले पनि गुणस्तर नै सबैभन्दा उचित व्यवसायिक नीति हुने प्राविधिक विज्ञहरुको भनाइ छ । 
यस्तो तरिका अपनाएमा यी सबै सामाजिक सञ्जालहरु पुनः आ–आफ्ना स्थानमा आउन सक्ने तर यसमा प्रयोगकर्ताले चुन्ने प्ल्याटफर्म चाहिँ बीचबीचमा बदलिरहने विशेषज्ञहरुको भनाइ छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २८, २०७५  ०६:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC