site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बार्सिलोनालाई स्पेनिस सुपर कपको उपाधि
Sarbottam CementSarbottam Cement

एजेन्सी । बार्सिलोनाले स्पेनिस सुपर कपको उपाधि जित्दै सिजनको पहिलो उपाधि भित्र्याउन सफल भएको छ । बार्सिलोनाले सेभिल्लालाई २–१ गोलअन्तरले पराजित गर्दै उपाधि उचालेको हो । सोमबार बिहान भएको खेलमा बार्सिलोनाले सेभिल्लामाथि बार्सिलोनाले रोमाञ्चक जित निकालेको हो । बार्सिलोनाको जितमा जेरार्ड पिके र उसमान डेब्बेले समान १–१ गोल गरे । त्यस्तै, सेभिल्लाका लागि पाब्लो सरबियाले गोल गरेका थिए ।

९ औं मिनेटमा पाब्लो सरबियाले गोल गर्दै सेभिल्लालाई सुरुवाती अग्रता दिलाएका थिए । तर पहिलो हाफको अन्तिम समयमा सेभिल्लाले गोल खान पुग्यो । ४२ औ मिनेटमा बार्सिलोनाका जेरार्ड पिकेले गोल गर्दै १–१ गोलको बराबरीमा पुर्याएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो हाफमा १–१ गोलको बराबरीमा रोकिएको बार्सिलोनाले दोस्रो हाफमा थप १ गोल गर्दा यता, सेभिल्लाले भने पाएको पेनाल्टी पनि सदुपयोग गर्न सकेन । ७८औं मिनेटमा उसमान डेब्बेलेले गोल गर्दै बार्सिलोनालाई २–१ गोलको अग्रतामा पुर्याएका थिए । 

खेलको अन्त्यतिर सेभिल्ला पेनाल्टी पाएको थियो । सेभिल्लाका विसिम बेन येडरले प्रहार गरेको पेनाल्टी बार्सिलोनाका गोलकिपर स्टेगेनले रोकेपटि खेल २–१ गोलमा टुंगिएको हो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २८, २०७५  ०८:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC