site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नयाँ भवनलाई जग्गा खोज्दै ने क पा, दक्षिण एसियाकै नमुना पार्टी कार्यालय बनाउने दाबी
Sarbottam CementSarbottam Cement

काठमाडौं । गएको शुक्रबार बसेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को सचिवालय बैठकले यसअघि नेकपा एमालेको मुख्यालय रहेको धुम्बाराहीको भवनलाई मुख्य कार्यालय बनाउने निर्णय गर्‍यो । यो निर्णयपछि कार्यालयमा समेत पूर्वमाओवादी ‘ठगिएको’ चर्चा हुन थालेको छ । नीति, नेतृत्वपछि पूर्वमाओवादीले मुख्यालयसमेत ‘गुमाएको’ टिप्पणी पार्टीभित्र र बाहिर दुवैतिरबाट हुन थालेको छ । 

स्रोतका अनुसार तत्कालिन एमाले र माओवादीबीचको एकतापछि नेताहरु माधवकुमार नेपाल, विष्णु पौडेललगायतले यसअघि माओवादी मुख्यालय रहेको पेरिसडाँडालाई मुख्य कार्यालय बनाउने आश्वासन कार्यकर्तालाई दिएका थिए । तर, पार्टीको मुख्य कार्यालय पेरिसडाँडा हुन नसकेपछि नेतादेखि कार्यकताले पार्टी अध्यक्ष पुष्पकमल दाहाललगायतसँग कारण माग्दै आएका छन् ।

“पार्किङ पर्याप्त भएको र काठमाडौं उपत्यका अवलोकन गर्नसमेत मिल्ने भन्दै पार्टी एकतापछि नेताहरुले पेरिसडाँडमा मुख्य कार्यालय बनाउने बताउनुभएको थियो, तर हुन सकेन,” पेरिसडाँडा कार्यालयका कार्यालय सहयोगी सञ्जीव थापा भन्छन्, “धुम्बाराहीलाई मुख्य कार्यालय बनाउने निर्णय भएपछि पेरिसडाँडामा आउने केन्द्रीय नेतादेखि कार्यकर्ताले प्रचण्डलगायत शीर्ष नेताहरुसँग कारण मागेका छन् ।”

Prabhu Bank
Agni Group
NIC Asia

धुम्बाराही तत्कालीन एमाले र पेरिसडाँडा माओवादीको मुख्य कार्यालय हो । एकीकृत नेकपाले दुवै पार्टी कार्यालयलाई मुख्य कार्यालयको रुपमा प्रयोग गर्दै आएका थिए । धुम्बाराहीबाट सचिवालय र पेरिसडाँडाबाट विभागीय काम हुँदै आएको थियो । पेरिस डाँडाभन्दा धुम्बाराहीको कार्यालय व्यवस्थित रहेकाले मुख्य कार्यालय  बनाइएको तत्कालीन एमालेका नेताहरु बताउँछन् । पार्किङ हलकोे व्यवस्था भएकाले जनवर्गीय संगठनको लागि पेरिस डाँडा उपयुक्त रहेको नेताहरुको दावी छ ।

नयाँ जग्गाको खोजीमा नेकपा

Global Ime bank

यसैबीच नेपाल कम्युनिष्ट पार्टीले मुख्य कार्यालयको लागि जग्गा नयाँ जग्गा किन्ने भएको छ । एकीकृत पार्टीको केन्द्रीय बैठक सञ्चालन गर्नको लागि भवन अपुग भएकाले पार्टीले नयाँ भवन निर्माणका लागि जग्गा किन्न खोजेको हो । तत्कालीन नेकपा र माओवादीबीचको एकतापश्चात् नेकपाकोे केन्द्रीय सदस्यमा ४ सय ४१ जना छन् । केन्द्रीय समितिको बैठक सञ्चालन गर्न गाह्रो हुने भएकाले नयाँ जग्गा खोजी भइरहेको पेरिसडाँडाका कार्यालय प्रमुख प्रल्हाद बुढाथोकीले जानकारी दिए । धुम्बाराहीको पार्टी कार्यालय भाडामा रहेकाले पेरिसडाँडामै रहेको ७ रोपनी जग्गा किन्ने कुरा भइरहेको पनि उनले बताए । 

नेकपा नेता कृष्णगोपाल श्रेष्ठले पनि दक्षिण एसियाकै राम्रो पार्टी कार्यालय बनाउन जग्गा खोजी भइरहेको बताए । “नेपाली जनताले हामीलाई दुईतिहाई मत दिएका छन्, त्यहीअनुसारको एसियाकै नमुना पार्टी कार्यालय बनाउन हामीले जग्गा खोजी गरिरहेका छौं । दशौं महाविधेशनसम्ममा हामी आफ्नै नयाँ भवनमा हुन्छौं,” उनले भने ।

पार्टी बैठक बालुवाटारमै
 

पार्टीको मुख्य कार्यालय धुम्बाराहीमा भए पनि अधिकांश बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै हुने गरेका छन् । केन्द्रीय समितिको बैठक धुम्बाराहीमा सञ्चालन गर्न असभ्व भएकाले प्रधानमन्त्रीको निजी निवासबाटै बैठक सञ्चालन हुने नेकपाका एक नेताले बताए ।

“प्रधानमन्त्रीज्यू पहिला पनि पार्टी कार्यालय खासै जानु हुन्नथ्यो । उहाँको बैठक र भेटघाट बालकोटबाट नै हुन्थ्यो । अब पनि पार्टीको बैठकहरु बालुवाटारमै हुन्छ । नयाँ भवन बनेपछिमात्र पार्टी कार्यालयबाट होला,” ती नेताले भने । एमाले र माओवादीबीच एकता घोषणाको दिन पनि पार्टीको पहिलो बैठक बालुवाटारमै बसेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २८, २०७५  ०९:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC