site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
फाइनप्रिन्ट फिभर अब पोखरामा
Ghorahi CementGhorahi Cement


काठमाडौं । एकदिने घुम्ती साहित्य उत्सव आयोजना गर्दै आएको प्रकाशन संस्था फाइनप्रिन्टले आगामी भाद्र २ गते शनिबार, पोखरास्थित सिटी स्क्वायर ब्याङ्क्वेट तथा रेष्टुरेन्टको सहकार्यमा फाइनप्रिन्ट फिभर गर्दैछ । २०७५ सालमा नयाँ वर्षको शुरुवात सँगै सुरु भएको उक्त घुम्ती साहित्य उत्सव सुर्खेत  (वैशाख १५), धनगढीमा (वैशाख १७) र कोहलपुरमा (वैशाख १८) सफलता साथ सम्पन्न गरिएको थियो । पोखरामा हुन लागेको उक्त उत्सवको उद्देश्य पठन संस्कृति प्रवर्द्धन गर्नु, लेखक र पाठकबीचको आत्मियता अझ प्रगाढ बनाउनु हो । 
उत्सवमा फाइनप्रिन्टले २०७४ सालमा छापेका ‘महको म का लेखक मदनकृष्ण श्रेष्ठ, ‘रजगज’का लेखक हरिबहादुर थापा, ‘माङ्गेना’का लेखक युग पाठक, ‘काठमाडौंमा एक दिन’का लेखिका शिवानी सिंह थारु, ‘यार’ का लेखक नयनराज पाण्डे सहित लेखक अमर न्यौपाने तथा केही स्थानीय लेखक, पत्रकार सहभागी हुनेछन् । उक्त कार्यक्रम बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म चल्नेछ । कार्यक्रममा प्रवेश निःशुल्क हुनेछ । 

फाइनप्रिन्ट फिभरको समापन लगत्तै साँझ ६ बजे ‘अ कन्भर्सेसन एन्ड मुजिकल इभिनिङ विथ मदनकृष्ण श्रेष्ठ एन्ड कन्दरा ब्यान्ड’ नाम दिइएको रात्रिभोज सहितको कार्यक्रम हुनेछ । सशुल्क हुने यस कार्यक्रममा मदनकृष्ण श्रेष्ठसँग संवाद गरिनेछ । साथै, श्रेष्ठ र कन्दरा ब्याण्डले आफ्ना केहि कालजयी गीतहरु प्रस्तुत गर्नेछन्  ।  

Agni Group

उत्सवमा सहभागी हुने लेखिका शिवानी सिंह थारुले भनिन्, ‘फाइनप्रिन्ट फिभरजस्ता साहित्यिक गतिविधिले लेखक र पाठकबीच संवादको अवसर सिर्जना गर्छ । हामी लेखकले हाम्रा सीमितता तथा सम्भाव्यता जान्ने मौका पाउँछौ भने पाठकले लेखनमा गरिएको प्रयोग, लेखन प्रक्रिया र लेखनप्रति लेखकको सोच थाहा पाउने अवसर पाउँछन्, जसले साहित्यलाई समृद्ध बनाउँछ ।  त्यसैले यस्ता कार्यक्रमहरु भइराख्नु आवश्यक छ ।’ 

कार्यक्रम सहआयोजक रहेको सिटी स्क्वायर ब्याङ्क्वेट तथा रेष्टुरेन्टका प्रबन्ध निर्देशक आर्दशमान श्रेष्ठ भने, ‘सिटी स्क्वायरलाई विवाह, व्रतबन्ध जस्ता कार्यक्रमको मात्र थलो नबनाई कला, साहित्य, संस्कृतिको साझा गन्तव्य बनाउन प्रयत्न गरिरहेका छौं ।’ उनले थपे, ‘नेपालका चर्चित व्यक्तित्व तथा लेखकहरुलाई आफनै आगनमा स्वागत गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौं ।’

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २८, २०७५  १३:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC